नेपालकै टप वकिल श्रेष्ठले सन्दीपको पक्षबाट बहस गर्दै, यस्तो छ वकिलहरुको बलियाे टीम

काठमाडौंं । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ क्रि केटर सन्दीप लामिछानेको मुद्दामा जोडिएका छन् । उनी सन्दीपको पक्षबाट बहस गर्ने वकिल हरुको टीममा आवद्ध भएका हुन् । काठमाडौं जिल्ला अ दालतमा दायर भएको सन्दीपविरु द्धको मुद्दामा भोलिबाट थुनछेक बहस सुरु हुँदैछ । सन्दीपले श्रे ष्ठसहित हाइप्रो फाइलका वकिल हरुको बलियो टीम बनाएका छन् ।

वरिष्ठ अधिवक्ताहरु लभ मैनाली, कृष्ण साप कोटा र सरीता भण्डारीले सन्दीपको पक्षबाट बहस गर्ने छन् । यसैगरी मुरारी सापकोटा र सरोज घिमिरे पनि टीममा छन् । यसअघि सुरुदेखि सन्दीपलाई सरोज घिमिरेले कानूनी सहयोग गर्दै आएका थिए ।

सन्दीपलाई म्याद थप गर्न अदालत लगिँदा घिमिरे र अर्की अधिवक्ता सुधा रिजालले बहस गरेका थिए । तर, रिजालले सञ्चारकर्मीसँग विवादित अभिव्यक्ति दिएपछि उनलाई सन्दीपको परिवारले टीममा राख्न चाहेको छैन ।

रिजालले सुरुमै सन्दीपको सहमति लिएर वकाल तनामा लेखाएकी थिइन् । तर, अहिले सन्दीपका परिवारजनले उनलाई आफ्नो फि लिएर मुद्दा छो ड्न अनुरोध गरेको बुझिएको छ ।

यसैगरी घिमिरे पनि तत्काल बहसमा उपलब्ध नहुने भएका छन् । उनी एउटा कार्यक्रमका सिलसिलामा अमेरिका पुगेको बुझिएको छ । सन्दीपको थुनछेक बहस भोलि सुरु हुँदैछ ।

अनुभवी र खारिएका वकिलहरु हायर गर्न सन्दीपले मोटो रकम खर्च गर्नुपरेको छ । सन्दीपका लागि व किलहरुको चाँजोपाँजो र आर्थिक व्यवस्थापनको काम उनका दाजुले गरिरहेका छन् । सन्दीपका बुवा आमा भने चितवनमै छन् । स्वास्थ्य अवस्था राम्रो नभएकाले उनीहरु प्रायः छोरीको घरमा बसिरहेका छन् ।

जाहेरीकर्ताको तर्फबाट कतिजनाले बहस गर्छन् भन्ने निधो भइसकेको छैन । नाम र चर्चाकै लागि पनि ‘पीडित’ को तर्फबाट निःशुल्क बहसका लागि धेरै वकिलहरु खुट्टा उचालेर बसेका छन् ।

यद्यपि, अहिलेसम्म सुनीता रेग्मीको नाममात्र आ एको छ । उनी वरिष्ठ अधिवक्ता हुन् । सपना मल्ल प्रधानले स्थापना गरेको एफडब्लुएलडी नामक एन जीओमा काम गर्ने उनी यसअघि निहारिका राजपूत को मुद्दामा बहस गर्न जनकपुर पुगेकी थिइन् ।

सन्दीप लामिछानेको बयान सकियो, बुधबार थुन छेक बहस हुने क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदाल तका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बु धबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठ माडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दी पविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।​

सोमबार दायर भएको रिटमा मंगलबार बयान र थुन छेक हुने भनिए पनि बयान सकिन दिनभर लागे पछि बुधबार मात्रै थुनछेक बहस हुने भएको हो । कार्यालय समय सकिएपनि सन्दीपको बयान साँझ ६ बजेसम्म नै गराएर मंगलबार बयान सकाइएको छ । अब बुधबार इजलास खुल्ने बित्तिकै थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले जना एको छ ।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहान सम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै स न्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लिग खे ल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीप विरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप अ सोज २० गते काठमाडौँ आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा स न्दीपले किशोरीसँगै रात बिताएको बताए पनि करणी नभएको जिकिर गरेका छन् । यद्यपि किशोरीले भने सन्दीपले भदौ ६ गतेको बिहान (राति) ००ः२५ बजे र त्यसको एक घण्टापछि आफूमाथि दुईपटक जबरजस्ती करणी भएको जाहेरी र बयानमा उल्लेख गरेकी छिन् ।

मलाई कसैको उक्साहटमा फसाइयो : सन्दीप लामि छाने – वकिल भन्छन्, ‘जन्मदर्ताको उमेरका आधा रमा वकालत गर्छौँ’
क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माध वप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भ एको हो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप  मा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी व किलको कार्यालयले सोमबार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो ।

सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवार बाट थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मु रारी सापकोटाले बताए । उनले आज नेपाल प्रह रीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला सुरु भएको जानकारी दिए ।

उनले सन्दीपले बयानका क्रममा आफूप्रति बदनि यत र कसैको उक्साहटमा अभियोग लगाएको ब यान दिएको बताए । उनले किशोरीको बयान श ङ्कास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्र माण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने स्पष्ट पारे ।

उनले भने, ‘प्रहरीले नै ढिला ल्याउने काम गर्‍यो, त्यसकारण नै ढिला सुरु भयो । बत्ती गएका कारण पनि केही बाधा आयो । आज बयान सकियो । थुन छेक बहस हुन पाएन, भोलिबाट थुनछेकको बहस सुरु हुन्छ ।

जबरजस्तीकरणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्साहटमा लगाइएको छ, जुन अभि योग झुटो हो भनेर बयान गर्नुभएको छ र आफ्नो इ न्कारी बयानलाई पुष्टि हुने विभिन्न किसिमका प्रमा णहरू पनि पेस गर्नुभएको छ ।

प्रमाण भनेको पीडित भनेको व्यक्तिको हकमा जन्म दर्ताको विषयवस्तु । जन्मदर्ताका प्रमाण केही भेटि एका छन् । बयान प्रमाणित हुन पाएको छैन, आज