आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै यसरी…

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी का दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आ ज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पू जा गर्दछन् ।

हरिशयनी एकादशीका दिन घरमा रहेका तुलसीको मठमा विशेष पुजा गरी गाईको गोबर र रातो माटोले पोती फूल मालाले सजाएर तुलसीको विवाह गर्ने प रम्परा रहेको छ ।

तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदा यक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने धार्मिक मान्यता रहेको छ ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।

अन्न खान नहुने मान्यताका कारण यस दिन सखर खन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।

यस्तै आजका दिन काठमाडौंको बुढानील कण्ठका साथै उपत्यकाका चाँगुनारायण,

शेषनारायण, इचँगुनारायण र विशंखुनारायण लगा यत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लागे को छ ।