मेलिना राईले दीपक लिम्बूलाई ‘तिम्रो हुनेे मन छ’ भनेपछि भिडियो भाइरल

चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राई को स्वर रहेको तिम्रो हुने मन छ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारहरुको सह भागितामा दमकमा गीतको पोष्टर

सार्वजनिक गरिएको हो । शुक्रबार नै रचनाकार राईको युट्युव च्यानलबाट गीतको भिडियो सार्व जनिक गरिएको हो ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

भिडियो निर्देशक एवम् छायाँकार लिम्बूका अनुसार धिमाल संस्कृति झल्काउने भिडियो पूर्वी नेपालको धिमाल बाहुल्य स्थानहरुमा छायाङ्कन गरिएको हो ।

उनलाई क्यामेरामा देवराज सिग्देलले एसिस्ट गरेका छन् । भिडियो इडिटिङ अनिल रानाले गरका हुन् भने पोष्ट प्रोडक्सन थैली इन्टरटेन्मेन्टको रहेको छ ।

युवा प्रेमी–प्रेमिकाहरुबीचको सम्बन्धलाई भिडियो मा उतार्ने प्रयास गरेका लिम्बूले धिमाल समुदायको रहनसहनलाई भिडियोमा उतारेका छन् ।

भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राईको अभिनय हेर्न सकिन्छ ।ए प्लस स्टुडियोमा रकर्डिङ गरिएको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन साहले मिक्सिङ गरेका हुन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***