माओवादीले जनमत गुमाइसक्यो, गोरखाबाट प्रचण्डलाई ५ हजार बढी मतले जित्छु : अब्दुस मियाँ

काठमाडौँ ।नेपाली राजनीति यतिबेला गोरखा तिर बढी केन्द्रित भएको देखिएको छ। डा. बाबुराम भट्ट राइले आफू प्रत्यक्ष चुनावमा नहोमीने घोषणा गरे संगै सबैको ध्यान त्यही गोरखामा गएर अड्किएको थियो।

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमाल दाहाल ‘प्र चण्ड’ स्वयं आफै गोरखा क्षेत्र-२ बाट चुनाव लड्ने घोषणा गरे। गठबन्धनको साझा उम्मेदवारको रुप मा प्रचण्ड गोरखा पुगेका छन्।प्रचण्डलाई चुनौती दिंदै एमालेको तर्फबाट युवा नेता अब्दुस मियाँलाई उम्मेदवार बनाएको छ।

मियाँले पटकपटक प्रचण्डको आलोचना मात्रै ग रिरहेको देखिन्छ।उम्मेदवारी दर्ता गरेदेखि उनी प्रचण्डको कटाक्षमा उत्रेका छन् र प्रचण्डलाई जसरी भएपनि यो चुनाबमा हराई छाड्ने अडान लिएर हिंडेका छन्।

यसैक्रममा उनीले अब्तार्वाता दिने क्रममा भनेका छन् – ‘नेकपा माओवादीले जनमत गुमाईस क्यो, गोरखाबाट प्रचण्डले जित्ले सम्भावना नै छैन, मेरो विजय निश्चित जस्तै छ ‘यसअघि उनले प्रचण्डलाई संकेत गर्दै भनेका थिए –

‘पछिल्लो ३ दशकदेखि नेपाली राजनीतिको अस्थि रताको प्रमुख कारक बनेका एक पात्रलाई गोरखाले यसपटक राजनीतिबाटै विदा गर्दैछ’ उनी यसो हेर्दा प्रचण्डलाई खुल्ला चुनौती दिइरहे का छन्।

एकपटक होइन हरेक पटकको अन्तर्वातामा प्रचण्ड र माओवादीको विरोध गरिरहेका छन्।संगै आलोच ना पनि सुरु हुन थालेको छ कुनै समय एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि विरोध गरिरहेका थिए।

उनले कुनै समय लेखेको स्टाटस यतिबेला समाजि क संजाल फेसबुकमा निकै भाइरल पनि भएको छ। मियाँले लेखेका थिए – ‘असफल प्रधानमन्त्री केपी ओलीको अस फल कू प्रयास लाई समर्थन गर्ने अनि यो दुई महिनाभित्र ओली

पूजा गर्ने शर्तमा राज्यका विभिन्न निकायमा नियुक्ति लिने नालायाकहरुले आफैं सार्वजनिक पदहरुबाट राजीनामा देलान् कि जनताले घोक्रेत्याक लाउञ्जे ल कुर्लान् ?

नेपाल आमाको रगत चुस्ने सबै प्यारासाइटहरु नष्ट हुन् आवश्यक छ। ‘यसै बिषयलाई लिएर उनको आ लोचना उन थालेको छ। उनले प्रचण्डलाई हराउने चुनौती दिएपनि त्यही सहज चाहि देखिएको छैन।

अपेक्षा फलको छैन सधैं कर्तव्य चिन्तन, आहुति प्राणको दिने तिमीमा अभिनन्दन ।
वीर अमर प्रहरीहरूको निर्दोष र निःस्वार्थ त्यागलाई शब्दमा अभिव्यक्त गर्न सकिन्न । प्रहरी र त्याग एक अर्काका पूरक सन्दर्भ र पर्यायवाची शब्दका रूपमा स्थापित भइसकेका छन् ।

प्रहरी दिवस (असोज ३१) लाई हरेक वर्ष फगत औ पचारिक कार्यक्रमका रूपमा मात्र मनाउनुभन्दा प्र हरी सेवाको व्यवसायीकरण र संगठनात्मक सुदृढी करणका मुद्दाको पहिचान र समाधानका उपायबारे चिन्तन–मनन र आत्मसमीक्षा गर्ने पावन अवसरका रूपमा लिनुपर्छ । अनि मात्र वीर अमर प्रहरीहरूको सपना साकार गर्ने सत्प्रयास गरिएको र सहिदप्रति स्वतः श्रद्धासुमन अर्पण गरिएको ठहरिनेछ ।

धमिलो पानीमा माछा मार्ने सोचबाट ग्रस्त राज्य संयन्त्र र षड्यन्त्रले प्रहरी सेवाको सबलीकरण र शुद्धीकरणमा समयानुकूल परिवर्तन गर्न आवश्यक छ भन्ने मुद्दामा चासै नदेखाउने एवं प्रहरी नेतृत्वले पनि राज्यको यस्तो उदासीनतालाई आफ्नो वृत्ति विकासको ‘कम्फर्ट जोन’ का रूपमा उपयोग गरि रहने प्रवृत्तिका कारण प्रहरी संगठनको बलिदान, त्याग र राज्यको स्वार्थपरक परित्यागबीचको दूरी दिनानुदिन बढ्दै गएको छ ।

तत्कालीन गृहमन्त्री र वर्तमान सरकारप्रमुखले तीस वर्षअघि प्रहरी सेवामा पारेको तीसवर्षे सेवा अवधि को भ्वाङ अझै टालिएको छैन । संगठनमा वृत्ति वि कासका भ्वाङ राखिरहँदा आफूअनुकूलका मुसा–बिरालालाई छिराउन सजिलो हुन्छ भनी राम्ररी बुझे का शक्ति र सत्ता राजनीतिका अनुभवी खेलाडीले प्रहरी संगठनको संस्थागत विकासमा ध्यान दिएनन् भनेर रोइलो गर्नुको अर्थ छैन ।

जसरी पनि सत्ता हत्याउने र व्यावसायिकता लत्या उने खेलमा विश्वकीर्तिमान नै राख्न सफल हाम्रा ने ता — जो अयोग्यतामा अब्बल र भ्रष्टाचारमा सबल भएर पनि पटकपटक सरकार चलाइरहन्छन् — ले प्रहरी सेवाको सबलीकरणको कुरा गर्नु आफैंमा मेल खाने विषय नै होइन । बलिदानपूर्ण इतिहास बोकेको प्रहरी सेवा राज्यदोहनको चरमोत्कर्षमा पुगेकै कारण एकातर्फ सेवाग्राहीहरू गुणस्तरीय र जवाफदेह प्रहरी सेवाबाट क्रमशः विमुख हुँदै गइ रहेका छन् भने, अर्कोतर्फ सेवा प्रदान गर्ने प्रहरी अधिकारीहरू स्वयं आफ्नै अनिश्चित व्यावसायिक भविष्यको सुनिश्चितता खोज्न विभिन्न शक्तिकेन्द्र र बिचौलियासमेतको सम्पर्क र सहयोग लिन बाध्य हुन थालेका छन् ।

जुन संगठनमा संरचनाको वैज्ञानिकीकरण, सेवाको विशिष्टीकरण, प्रणालीको प्रविधीकरण र वृत्ति वि कासको वैधानिकीकरण गरिएको हुँदैन, त्यो आन्त रिक रूपमा सबल र सेवाभा वमा उत्तरदायी बन्न सक्दैन । राम्रो काम गरे राम्रै त हुन्छ नि भन्ने सामा न्य मान्यताको पनि ग्यारेन्टी हुन छाडेपछि संगठन सबैको साझा चौतारी र भरोसाको केन्द्र बन्न सक्दैन त्यसलाई संरचनामा छिन्नभिन्न,

प्रणालीमा प्रवृत्तिपरायण र व्यावसायि कतामा स्ख लित हुँदै गएको र धराशा यी हुन लागेको संगठनका रूपमा बुझ्नु पर्छ । यसै सन्दर्भमा प्रहरी सेवाको सं स्थागत विकास, व्यावसायिक ग्यारेन्टी र संगठन स बलीकरण सम्बद्ध प्रमुख तीन सवाल — जसलाई हल गर्न राज्यले जहिल्यै नियतवश तत्परता देखा एन — बारे चर्चा गरौं ।