तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेशविरु,द्ध आयोगको निवेदन

निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ।आयोग को टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको उपन्या याधिवक्ता गुरु वाग्लेले बताए।

‘हामीले आज सर्वोच्चमा पुगेर कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेख खारेजीका लागि नि वेदन दिएका हौँ,’ वाग्लेले भने।

निर्वाचन आयोगले लाभको पदमा बसेर कार्कीले उ म्मेदवारी दिएको उजुरी पछि कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो।

मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुनेहुँदा त्य स पदबारे निर्क्यौलका लागि कार्कीले आयोग मा भ दौ २८ मा निवेदन दिएकी थिइन्। आयो गले त्यस निवेदन कुनै सुनुवाई नगरी आफूविरु द्धको उजुरी को आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन्।

कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्र तिनिधिसभाकी उम्मेदवार हुन्। नेपाल मेडि कल काउन्सिलको सदस्यको रुपमा बैठक

भत्ता लिने गरेको आधारमा लाभको भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्त रिम आदेश दिएको थियो।

गत मंगलबार न्यायाधीश डा.कुमार चुडालको एक ल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अ न्तरिम आदेश सुनाएको थियो ।