
रूपन्देहीको सम्मरीमाई-५ रोइनिहवामा भएको चुनाव लक्षित टेलिभिजन बहस कार्यक्रममा फरकफरक दलका कार्यकर्ताहरूबीच विवाद हुँदा एक जना घा,इते भएका छन्।
निर्वाचनलाई लक्षित गरी सञ्चालित एक टिभी च्यानलको बहस कार्यक्रममा उपस्थित दलका कार्यकर्ता “बीच कार्यक्रम स्थलमै कु,टाकुट भएको हो। बहसमा सहभागी उम्मेदवारले कार्यक्रम प्रस्तोता र सहभागीले सोधेको प्रश्नको
जवाफ दिने क्रममा सहभागीहरूले एक्कासि होहल्ला गरेपछि विवाद उत्पन्न भएको थियो।रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभा सदस्यका चार जना उम्मेदवा रसँग गरिएको उक्त बहसमा होहल्ला भएपछि कुर्सी हानाहान र ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट कार्यक्रममा सहभागी स्थानीय लाल विहारी माविका प्रधानाध्यापक मुरलीधर शुक्ला घाइते भएका हुन्।
स्थानीय सन्दीप त्रिपाठीका अनुसार शुक्लाको ओठमा चोट लागेको छ। भैरहवास्थित भिम अस्पतालमा उनको उपचार भइरहेको छ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पनि बहस चलिरहेको बखत सहभागीहरूबीच केहीबेर विवाद र कुर्सी हानाहान हुँदा एक जना सामान्य घाइते भएको पुष्टि गरे।
विवादपछि केहीबेर स्थगित भएको कार्यक्रम पछि पुनः सुरू भएको समेत उनले जानकारी दिए। बहसमा सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिए का नेपाली कांग्रेसका प्रमोद यादव, लोकतान्त्रिक
समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादव गुल्जारी सहभागी थिए।