बँदेल मार्न थापेको विद्युतीय पासोमा परि दाङका रोशनी र शरदको मृत्यु

दाङका रोशनी महतरा र शरद आचार्य हत्या -काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परि उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो। तुलसीपुर उपम हान गरपालिका वडा नं. १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण

गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचा र्यको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेको थियो। उनीहरु असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए। साढे दश बजेपछि सम्पर्कबिहिन थिए।

आपसमा सामाजिक संजालमा कुरा गर्दै एक अर्कालाई भेट्नका घर बाहिर निस्किएका उनीहरू सोही दिन गाउँकै चार जना ब्यक्तिले बँदेल मार्न थापेको विद्युतीय पासोमा परेका थिए।

बँदेल मार्न भनेर ती चार जनाले रोशनीको घर नजिककैको कुखुरा फार्मबाट बिजुलीको तार तानेर करेन्टको धराप बिच्छाएका थिए। सोही करेन्टको धरापमा परि रोशनी र शरदको ज्यान गएको एक प्रहरी अधिकृतले सेतोपाटीलाई जानकारी दिए।

शनिबार दिउँसो नै प्रहरीले पत्रकार सम्मेलन गरि घटनामा संलग्न चार जनालाई सार्वजनिक गर्ने तयारी गरेको छ। पक्राउ परेका चारै जना दमारगाउँका स्थानीय हुन्।

रोशनीको बायाँ हातमा करेन्टले जलेको स्पष्ट खत थियो। पोष्टमार्टम रिपोर्टले पनि उनको मृत्युको कारण ‘इलेक्ट्रिक शक’ लाई नै मानेको थियो। पोष्टमार्टम रिपोर्टपछि प्रहरी थप अन्यौं लमा पर्‍यो र नयाँ ढंगले घटना अनुसन्धान गर्न सुरू गर्‍यो। घटना अनुसन्धानका लागि सिआइ बीको टोली पनि खटिएको थियो।

बँदेल मार्न भनेर थापेको विद्युतीय धरापमा परि रोशनी र शरदको एकसाथ मृत्यु भएपछि उक्त धराप थाप्ने चार जना ले सोही दिन राति आपस मा सल्लाह गरेर उनीहरूको शव व्यवस्थापन गरेका थिए।

त्यसरी घटनास्थलमै रोशनी र शरदको शबहरू छोड्दा बँदेल मार्न थापेको धरापमा परि उनी हरूको मृ,त्यु भएको गाउँ समाजले थाहा पाउने र त्यसले आफूहरूलाई अप्ठेरो हुने निस्कर्षपछि उनीहरूले दुबैको शब ब्यबस्थापन गरेको प्रहरी अधिकारीले जानकारी दिए।

‘विद्युतीय धरापमा परि दुबैको मृत्यु भएपछि उनीहरूका बीचमा सल्लाह अनुसार घर गएर बोरा र खन्नलाई फरूवा ल्याएछन्,’ ती प्रहरी अधिकारीले भने, ‘त्यहीँ बोरामा राखेर शब जंगलबीचको चिरोमा लगेर फरूवाले खनेर माटोले पुरेको तथ्य उनीहरूले स्वीकार गरिसकेका छन्।’

त्यसपछि उनीहरूले शब बोकेर लगेका बोराहरू जलाएको प्रहरीले बताएको छ। यसअघि पक्राउ परेकामध्येहरू सामाजिक सञ्जाल र युटुवमा हत्या विरूद्ध चर्को आवाज उठाउँदै आएका ती प्रहरी अधिकारीले बताए। ‘यो घटनामा जो चोर उसैको ठूलो स्वर भने जस्तै देखियो,’ ती प्रहरी अधिकारीले भने, ‘घटनामा संलग्न ब्यक्तिमध्ये केहीले हत्यारालाई फाँसीको सजाय हुनुपर्छ भन्दै युटुबमा अन्तर्वार्तासमेत दिएका छन्।’

यसअघि पनि प्रहरीले चिनजानकै र नकिजकै ब्यक्तिबाट उनीहरुको हत्या भएको आशंका गर्दै आएको थियो। हालसम्म उनीहरुको ह,त्या भएको दाबी हुँदै आएको थियो।

रोशनी र शरदको करेन्टबाट मृ,त्यु भइसकेपछि घटनालाई मोड्न चार जना ‘शिकारी’ ले मिलेर उनीहरुको टाउको र शरीरका बिभिन्न भागमा ढुंगाले थिचेको तथ्य खुलेको पनि प्रहरीले बताएको छ।

त्यहीँ घाउ चोटका आधारमा प्रहरीले उनीहरूको हत्या भएको बताउँदै आएको थियो। उनीहरू दुबैको टाउको र अनुहारका साथै शरदको अण्डकोषमा पनि गम्भीर चोट थियो। घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा पर्छ।

शरदकी मावली हजुरआमा असोज २८ गते स्थानीय दमारगाउँ अस्थायी प्रहरी चौकीमा र २९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर नाति हराएकोबारे लिखित निवेदन दिँदै खोजी गरिदिन आग्रह गरेकी थिइन्।

बुबासँग आमाको छोडपत्र भएकाले शरद आमासँगै मामा घरमा बस्दै आएका थिए। रोशनी र शरद स्थानीय अम्बापुर माविमा कक्षा ८ र ९ मा पढ्ने गर्थे। रोशनीका आमा बुवा र दाजुसमेत छिमेकी देश भारतमा रोजगारीका लागि गएका थिए। दुई बहिनी मात्रै घरमा बस्दै आएका थिए।

सुशीलको अडानले जोगिए हेटौंडाका सुवास

असोज ३० गते दिउँसो १२ बजेतिर खोजी गर्दै जाने क्रममा शरदका मावली हजुरबुवाले उनी हरुको शब फेला पारेका थिए। त्यसपछि प्रहरी लाई घटनाबारे खबर दिइ एको थियो। त्यस अगाडि नै गाउँमा हेटौंडाका टिपर चाल क सुवास थिङले शरदकी हजुरआमालाई फोन गरि सोध पुछ गरेकाले उनीहरू हराएको बारे हल्ला भइ सकेको थियो।

सोही सूचनाका आधारमा उनीहरूको शव फेला परेको केहीसमयपछिनै प्रहरीले टिपर चालक सुवासलाई लमहीबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको थियो।

सल्यानका सुशील थापा र सुवाश मिल्ने साथी थिए। सुशील पनि गाडी चालक हुन्। सुशीलको मावली गाउँ पनि दमरगाउँ नै हो। अघिल्लो दिन मात्रै उनीहरूले सुशील र सुवासले मोवाइल सेट आपसमा साटेका थिए। सुशीलको मोवाइलमा सम्पर्क हुन नसकेपछि पुरानो सेटमा चलाउँदै गर्दा सुवासले शरदकी हजुरआमाको फोन नम्बरमा गल्ती बस फोन डायल भएको इलाका प्रहरी कार्यालय तुलसीपुर का प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका थिए।

घटनापछि पक्राउ परेका हटौंडाका थिङले प्रहरीको दबाब थेग्न नसकेपछि उनले घटनामा आफ्नो संलग्नता रहेको स्वीकारेका थिए। तर घटनामा सुवास र सुशील दुबै निर्दोष देखिएको प्रहरी अधिकारीले स्पष्ट पारेका छन्।

यसअघि प्रहरीले सुबासलाई मुख्य दोषी मानेर अनुसन्धान अगाडि बढाएको थियो।रोशनी र शरदको शब फेला परेको दुई दिनपछि हेटौंडाका सुवासकै बयानका आधारमा सल्या नका सुशील पक्राउ परेका थिए। तर, जति गर्दा पनि उनले घटनामा आफ्नो संलग्नत अस्वीकार गरेपछि प्रहरी तथ्य पत्ता लगाउन उनीहरूको पोलिग्राफ टेष्ट पनि गराएको थियो।

‘सुशीलेले पक्राउ परेदेखिनै आफूलाई घटनाबारे कुनै पनि थाहा नभएको भन्दै आएका थिए,’ एक प्रहरी अधिकारीले भने, ‘डे वानदेखिको सुशीलको बयान त्यहीँ थियो, बरू मलाई गोली हानी मारिदिनुस् तर म यो घटनामा संलग्न छँदै छैन भन्थे।’

केही दिन पहिले तिनै सुवासको बयानका आ धारमा हेटौंडाका अर्का युवालाई प्रहरीले पक्राउ गरेको थियो। ‘सुवासको कुरा सुन्दा त घटनाको दुई दिन पछि नै प्रहरीलाई मुद्दा चलाउन प्रयाप्त प्रमाण थियो,’ घटना अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने, ‘तर, सुशीलको अडान र वयानले प्रहरीलाई नयाँ तरिकाले सोच्न बाध्य बनायो र अन्तिममा सुवास पनि निर्दोश रहेको तथ्य पुष्टि भयो।’

हेटौंडाका सुवासलाई पक्राउ गर्नुको एउटै कारण सुवासकी हजुरआमालाई फोन सम्पर्क गर्नु नै थियो । तर, उनी प्रहरी समक्ष पुगेपछि डर त्रासका कारण असत्य कुरा पनि स्वीकार्दा थप समस्या भएको ती प्रहरी अधिकारीले बताए।अन्त्यमा कुनै उपाए नचलेपछि प्रहरीले दमार गाउँका केही चर्चामा रहेका युवासहित अधबैं सेमाथि निगरानी बढाएको थियो। अन्तिममा दुई दिन अगाडि पक्राउ परेकामाथि अनुसन्धान गर्दा प्रहरीले शरद र रोशनी हत्या काण्डको नयाँ तथ्य कुरा पत्ता लगाएको हो।

प्रहरीले रोशनी र शरदको घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकर पनि जिल्ला ल्याएर हप्ता दिन जति राखेको थियो। सोही कुकुरले रोशनी र शरदले प्रयोग गर्ने मोवाईल जंगलबाट फेला पारेको थियो।

सामाजिक र राजनीतिक दबाबबीच प्रहरीले ठूलो प्रेसरमा रहेर काम गर्दा केही कमिकमजोरी भए पनि धैर्यताकै कारण प्रहरीले तथ्य कुरा पत्ता लगाएको ती प्रहरी अधिकारीले दाबी गरे।