
सङ्खुवासभाको खाँदबारीमा शुक्रवार बेलुका भए को एक साङ्गीतिक कार्यक्रममा गायिका समीक्षा अ धिकारीलाई अश्लील गाली गर्दै ढुङ्गा प्रहार गरिएको छ ।कार्यक्रम आफ्नो प्रस्तुति दिइरहेकी गायिकाला ई दर्शक दीर्घाबाट स्टेजमा ढुङ्गा,
अण्डा लगायतका सामाग्रीहरू प्रहार गरिएको हो । खाँदवारी नगरपालिका-६ पाङ्ठामा भएको उक्त कार्यक्रममा दर्शक दीर्घाबाट प्रहार गरिएको ढुङ्गा स्टेजसम्म भने पुगेन ।
केटिएम दैनिकको सम्पर्कमा आएका उक्त वडाका पूर्व वडाध्यक्ष दयानिधि बरालले गायिका अधिकारी माथि अश्लील गाली गर्दै ढुङ्गा प्रहार भएको पुष्टि गरे तर जिल्ला प्रहरी कार्यालय भने यस विषयमा आफू हरूलाई केही जानकारी नभएको बताउँछ ।
बरालले भने, ‘सकेसम्म एउटा जुत्ता भए पनि स्टे जसम्म पुर्याउने र अधिकारीको बेइज्जत गर्ने उद्देश्यले केही युवाहरूले ढुङ्गा प्रहार गरेका हुन् ।’
केही फेसबुक पेजहरूमा समीक्षा अधिकारीले ढुङ्गा प्रहार नगरिदिन आग्रह गर्दै, ‘यसो नगरिदिनुहोस, तपाईँको घरमा पनि दिदी बहिनी होलान् ।’ भनेकी छन् भन्ने आसयका स्ट्याटस आएता पनि त्यसको स्वतन्त्र पुष्टि गर्न सकिएन् ।
केटिएम दैनिकले गायिका अधिकारीलाई यस विषयमा सम्पर्क गर्ने कोसिस गरेता पनि उनको मोबाइल नेटवर्क बाहिर रहेकाले सम्पर्क हुन स किरहेको छैन ।
साङ्गीतिक कार्यक्रमपछि भने त्यहाँ विवाद हुँदा एक जना युवक गम्भीर घाइते भएको जिल्ला प्रहरी का र्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी नि रीक्षक सरोज खनालले बताए ।
ती युवकको घाँटीमा छुरा प्रहार भएको र उनको अहिले धरानस्थित बिपी कोराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक ख नालले बताए ।