
नेपाली कांग्रेसकी नेतृ तथा प्रधान्मन्त्री पत्नी आर्जु राणा देउवा फेरि विवादित अभिव्यक्ति दिएकी छिन् । शुक्रबार डडेलधुरा स्थित गृहपा लिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दै उनले हेलि कोप्टरमा उडेर आउने
क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) व्यक्ति लाई जिताउन आग्रह गरेकी हुन्। यो गाउँ– ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र स मृद्धि हुने’ उनले भनेकी छिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं।
आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिको प्टर मा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई छान्नुस। नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जितानुस्।’
आरजु बेलाबेला आफ्नो अभिव्यक्तिका कारण चर्चा मा आइरहन्छिन्। केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आ योजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा उ नले वैदेशिक रोजगारीका लागि मलेशिया पठाउने लोप दिँदा पनि उनी चर्चामा आएकी थिइन्। यसै गरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता
गर्दा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवा स बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइ न्। उनले डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइ न्।