कॉंग्रेस केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा तपन कुमार केवट मनोनित

नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसको केन्द्रिय प्रचार प्रसार समितिको सदस्यमा कॉंग्रेस युवा नेता तपन कुमार केवट मनोनित भएका छन् ।

निर्वाचन—२०७९ को केन्द्रीय प्रचार प्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा गठित

“नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति” बनाएको छ ।

देश भरिबाट निर्वाचनमा युवा परिचालनको लागि केन्द्रीय प्रचार प्रसार समिति निर्माण गरिएको हो ।

केवट नवलपारसी बाट उक्त समिति सदस्यमा मनोनित भएका हुन्। तपन कुमार केवट सुशील कोइराला सोसलिष्ट युथ सर्कल नवलपारसी का सचिब पनि हुन् ।