सीताको स्वास्थ्य अवस्था गम्भिर, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दा हाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।स्वास्थ्य अवस्था फेरि जटिल भएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहे को छ । प्रचण्ड सचिवालय स्राेतका अनुसार अक्सि जनको मात्रा घटेपछि दाहाललाई अस्पताल भर्ना गरिएको हो ।

उनी पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित छन् । यसअघि पनि उनलाई पटक –पटक देश तथा विदेशका अस्पतालमा भर्ना गरेर उपचार गरिएकाे थियाे ।

पछिल्लो ६ महिनादेखि सीतालाई डाक्टरको निगरा नीमा राखिएको छ । स्वास्थ्यमा कहिले अलि सुधार हुने त कहिले फेरि बल्झिने क्रम निरन्तर भएकाले ६ महिनादेखि अस्पताल लग्ने क्रम जारी रहेको स  चिवालय सदस्यले बताए ।

छाेरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेकी छन् ।