
काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारी ‘रेक्यु भिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन आज (सोम बार) साँझ आइसल्यान्डको रेक्यु भिकमा जाँदै हुनु हुन्छ ।
उक्त फोरममा विश्वभरबाट महिला नेतृहरूले भाग लिँदै छन् । कात्तिक २४ सम्म सञ्चालन हुने सो कार्यक्रम फोरम आइल्यान्डको सरकार को महिला राजनीतिक नेतृत्व (डब्लुपीएल) र आइसल्यान्डको संसदको सह–आयोजक हुन लागेको हो ।
उक्त टोलीमा राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, परराष्ट्र सचिव भरतराज पौड्यालस हित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू गरी १७ सदस्यीय टोली हुनेछ ।
सन् २०१८ मा सुरु गरिएको उक्त फोरममा राजनी तिक, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र मिडिया लगायतका क्षेत्रहरूमा महिला नेताहरूलाई वार्षिक रुपमा बोलाइन्छ ।
यो लैंगिक समानता, सशक्तीकरण र महिला ने तृत्वमा उत्कृष्ट अभ्यासहरूमा विचार आदा न–प्रदान गर्ने एक मन्च हो ।
सो अवसरमा महिला राजनीतिक नेतृत्व (डब्लूपी एल) ले राष्ट्रपति भण्डारीलाई यस वर्षको प्रतिष्ठित डब्लूपीएल ट्रेलब्लेजर अवार्ड द्वारा सम्मानित गर्ने निर्णय गरेको छ ।
उक्त अवार्ड प्रमुख महिला राजनीतिज्ञहरूको उपल ब्धिको कदर गर्दै वर्तमान र पूर्वम,,हिला राष्ट्रपति त था प्रधानमन्त्रीहरूलाई दिने गरिन्छ ।
मन्त्रालयका अनुसार भ्रमणका दौरान राष्ट्रपतिले अवार्ड ग्रहण गर्ने र मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी कात्तिक २६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।