काठमाण्डौ १ – प्रकाशमान, रवीन्द्र र किरणको प्रतिस्पर्धामा रमेश खरेल र पुकार बमको पनि चर्चा

काठमाडौं – प्रतिनिधि सभाका लागि काठमाण्डौ क्षेत्र नम्बर १ मा ३२ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि सत्ताग ठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार प्रकाश मान सिंह हुनुहुन्छ ।

त्यस्तै एमालेका तर्फबाट किरण पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट रवीन्द्र मिश्र हुनुहुन्छ । मिश्र यसअघि २०७४ सालमा भएको संसदीय चुनावमा पनि सिंहको मुख्य प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

मिश्र ८ सय १८ मतको झिनो मतान्तरले पराजित हुनुभएको थियो । सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्रले १० हजार ८ सय १८ मत प्राप्त गर्नु भएको थियो ।

काठमाण्डौ १ मा सिंह र मिश्रको चर्चामा एमालेका किरण पौडेल केही पछि देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम र नेपाल सुशासन पार्टीका अध्य क्ष पूर्व प्रहरी अधिकृत रमेश खरेलको चर्चा पनि क म छैन ।

यहाँका ३२ उम्मेदवारमा ११ जना स्वतन्त्र छन् । बाँ की अरु पार्टीका उम्मेदवार भए पनि खास चर्चामा नआएका पार्टीका उम्मेदवार धेरै देखिन्छन् ।

चर्चा मिश्र र सिंहको बढी भए पनि गएको पालिका चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने यस क्षेत्रमा कांग्रेस र एमालेबीच नै प्रतिस्प र्धा हुने देखिएको छ ।

काठमाण्डौ क्षेत्र नम्बर १ अन्तर्गत काठमाण्डौ महा नगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ वडा पर्छन् र गएको पालिका चुनावमा कांग्रेस ९ हजार ८ सय ९५ मतका साथ अगाडि छ ।

९ हजार ५ सय ४१ मतका साथ एमाले दोस्रोमा तथा १ हजार ३ सय ७६ मतका साथ राप्रपा ते स्रोमा छ ।

कांग्रेसका नेता सिंहले काठमाण्डौ क्षेत्र नम्बर १ बाट पहिलो तथा दोस्रो संविधान सभा चुनाव क्रमशः २०६४, २०७० तथा संसदीय चुनाव २०७४ मा विजय हासिल गर्नु भएको हो ।

उहाँ यस पटकको चुनाव जितेर चौथो पटक विजय हासिल गर्ने सोचमा हुनुहुन्छ । उहाँ सत्ता गठबन्धन को तर्फबाट उम्मेदवार बनेका कारण पनि आशावा दी देखिनुहुन्छ ।

गएको संसदीय चुनावमा विवेकशील साझा पार्टीबा ट उम्मेदवार बन्नु भएका मिश्र भने यसपटक राप्रपा बाट उम्मेदवार बन्नु भएको छ । अन्यत्र राप्रपा र ए मालेको तालमेल भए पनि काठमाण्डौ १ नम्बर क्षे त्रमा भने राप्रपाको अन्य दलहरुसँग तालमेल बने को छैन ।

तर, गएको संसदीय चुनावमा पाएको मत अनि सा माजिक सञ्जालमा युवा नेतृत्व तथा नेतृत्व परिव र्तनका कुरा व्यापक हुँदा मिश्रले पनि आफूलाई क म आँक्नु भएको छैन । रमेश खरेल र पुकार बम लगायतका नेताहरुले पनि प्रचार अभियानलाई तिव्रता दिएका छन् ।

उम्मेदवारहरु प्रचारमा व्यस्त रहँदा मतदाता पनि काम गर्न सक्ने योग्य मान्छे को होला भन्ने मूल्याँ कन गर्दैछन् । काठमाण्डौ क्षेत्र नम्बर १ का मतदाता प्रविण निरौला पहिले क्षेत्र नम्बर १ मा पर्ने अनाम नगर तथा घट्टेकुलो क्षेत्रमा हिजो हिलो मैलो भएर बाटोसमेत नभएको अवस्थामा नेताहरुले गरेर यहाँ सहज भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘हिजोे हामीले अनामनगर तथा घट्टे कुलोको अवस्था देखेका हौँ । विकास भएको छ । यसलाई स्वभाविक मान्न पनि सकिएला तर, केही काम भएको छ । अन्तर्राष्ट्रिय स्तरको नभएको हो ला । अब यसमा सुधार ल्याउनुपर्छ ।

काठमाण्डौ २९ नम्बर वडाकी स्थायी बासिन्दा पूर्ण देवी महर्जन अबको नतृत्वले काम गर्नैपर्ने, गरेर दे खाउनै पर्ने र नगरेमा अर्को पटक भोट नदिने बताउ नुहुन्छ ।

आफू नेकपा माओवादीको कार्यकर्ता भए पनि यदि काम गरेर नदेखाउने हो भने पार्टीको कार्यकर्ता भए पनि अबको चुनावमा भने भोट नदिने उहाँको सोच छ । उहाँ भन्नुहुन्छ, ‘अब काम गरेन भने त्यो मान्छे पार्टी फेल । पार्टीमै गए पनि म पनि नदिने अब त्य सकारण गर्नैपर्छ