
काठमाडौँ । उडिरहेको विमानको ककपिटमा नियमन कारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिए को अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक (ग्राउन्डेड) लगाएको छ ।
वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निग मको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो ।
विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
‘उडान सञ्चालन नियमविपरीत उडिरहे,,को विमा नमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई ग्राउन्डेड गरिएको हो,’ निग मको अपरेसन विभागले जारी गरेको कारबाही पत्रमा लेखिएको छ ।
५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका लामाला ई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको निगमका एक निर्देशकले बताए ।
उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियममा छ ।
निगमले ग्राउडेड गरेपछि पाइलट लामा मलेसि यामा भइरहेको जल उद्धार तालिममा सहभागी हुन पाएनन् भने हाल उनलाई उडान रोस्टरमा पनि राखिएको छैन ।
लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निग मको विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वा र्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।
कारण पुष्टि नगरी उडिरहेको विमानमा हुने यस्ता क्रियाकलापलाई उडान सुरक्षामा असर पार्न सक्ने गतिविधि मानिन्छ ।