एउटा यहि गल्ति गरेका कारण पाइलट विजय लामाले जहाज उडाउन

काठमाडौँ । उडिरहेको विमानको ककपिटमा नि यमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक (ग्राउन्डेड) लगाएको छ ।

वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सि नामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभा  गको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि ग्राउन्डेड गरेको हो ।

विभागले लामालाई ग्राउन्डेड गरेको जानकारी बबरमहलमा रहेको प्राधिकरण र सिनामंगलमा रहेको विभागलाई पनि गराएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

‘उडान सञ्चालन नियमविपरीत उडिरहेको विमा नमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइ लट लामालाई ग्राउन्डेड गरिएको हो,’ निग मको अ परेसन विभागले जारी गरेको कारबाही पत्रमा लेखि एको छ ।

५८ वर्ष उमेरहदले अवकास पाई हाल करार सेवामा निगमको वाइडबडी विमान उडाउँदै आइरहेका ला मालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको निगमका एक निर्देशकले बताए ।

उडिरहेको विमानको ककपिटमा भिडियो वा फोटोग्राफी गर्नुपूर्व महानिर्देशकबाट अनुमति लिनुपर्ने प्राधिकरणको नियममा छ ।

निगमले ग्राउडेड गरेपछि पाइलट लामा मलेसि या मा भइरहेको जल उद्धार तालिममा सहभागी हुन पाएनन् भने हाल उनलाई उडान रोस्टरमा पनि रा खिएको छैन ।

लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निग म को विमानमा एक विदेशी भ्लगरलाई अन्तर्वा र्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए ।

कारण पुष्टि नगरी उडिरहेको विमानमा हुने यस्ता क्रियाकलापलाई उडान सुरक्षामा असर पार्न सक्ने गतिविधि मानिन्छ ।