पूर्वलडाकु खत्रीले सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहार !(भिडिओ सहित)

काठमाडौं । चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ ।

मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालि काको मटे लामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा रोकेको दाबी गरेको छ ।

प्रचण्डसहितको टोली मंगलबार जुम्ला, हुम्ला र काली कोटका विभिन्न स्थानमा भएको गठबन्ध नको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर सुर्खेत झरेका थिए ।   जुत्ता प्रहार गर्ने युवाको परिचय खुलाइएको छैन ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अवल चिंगस्थित प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***