विश्वकपमा भारतको लज्जास्पद हार, इङ्ल्याण्ड विजयी

भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको फाइनल मा पुगेको छ। भारत ले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६ ओभर मा पुरा गर्‍यो।

इङ्ल्याण्डको सहज जितमा ओपनर एलेक्स हेल्ले र जस बटलरले बिस्फोटक ब्याटिङ गरे। एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा ३ छक्का र ९ चौकासहित ८० रन बनाए।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बलमा ४ चौका र ५ छक्का प्रहार गरेका थिए।

यस्तै विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टी-२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन्।

कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् । लोकेश राहुल ५ रनमा क्याच आउट भए ।

रोहित शर्माले २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए। विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा आउट भए। ऋषभ पन्तले ६ रन जोडे।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए। आदिल राशिद र क्रिस वोक्सले एक-एक विकेट हात पारे।

अब इङ्ल्याण्डले उपाधिका लागि पाकिस्तान सँग आइत बार प्रतिस्धर्पा गर्नेछ। पाकिस्तानले पहिलो सेमिफाइनल  मा न्युजिल्यान्ड लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।