कोशीको पानी ल्याएर धरानवासीलाई खुवाउँछौं: ओली (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीको पानी धरान ल्याइने बताएका छन्। कोशीको पानी पम्पिङ गरेर धरान ल्याउने ओलीले बताए।

आज धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले भने, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकुन विचरा?।

कसको घरमा खानेपानी पुर्‍याउने?’उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए।

‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले ध रानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,’ ओलीले भने,

‘नगरको बजेटले त्यो आयोजना हुन्छ त? हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’

उनले मंसिर ४ पछि आयोजना सुरू गरेर काम गर्ने पनि बताएका थिए। ‘त्यत्रो कोशी त्यहाँबाट बग्छ ध रान काकाकुल हुने कसरी मिल्छ?’ ओलीले भने। धरानमा पर्याप्त पानी ल्याइने उनले बताए।

भिडिओ:***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***