
काठमाडौं, २८ कार्तिक । नेकपा (एमाले) का प्युठा नबाट प्रतिनिधिसभाका उम्मेदवार सूर्य थापाले आ फूलाई भाइरल भेलु बाजेको साथ रहेको बताएका छन् ।
चुनावी प्रचारको क्रममा थापाले आफूलाई भाइरल बाजेको साथ रहेको तस्विर सार्वजनिक गरेका छन् ।
उम्मेदवार थापाले लेखेका छन्–‘प्युठान नगरपा लिका वडा नं ५ जुम्रिकँडा, ठुलागाउँमा चुनावी भेटघाट। भाइरल भेलुबाजे (मीनबहादुर बुढा) को समेत खुला साथ।’
थापासँग सत्ता गठबन्धनबाट जनमोर्चाकी दुर्गा पौडेल चुनावी प्रतिष्पर्धामा छिन् । पौडेललाई कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समा जवादी) को साथ छ ।
यो पनि,,प्रचण्डकाे सङ्गत गरेपछि देउवाले बन्दुककाे भाषण गर्न थाल्नु भएछ : ओली
स्याङ्जा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारले मात्रै देशमा समृद्धि ल्या उन सक्ने दाबी गर्नुभएकाे छ । आज साेमवार नेक पा एमाले स्याङ्जाले पुतलीबजारमा आयोजना ग रेको चुनावी सभामा बोल्दै ओलीले भन्नुभयो, ‘नाग रिकको हितमा काम गर्ने एमालेमात्रै हो ।’
सत्तारूढ गठबन्धनप्रति निकै आक्रामक देखिनु भएका ओलीले गठबन्धनाई सातुको डल्लो भएको टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘यो सत्तारुढ सा तुको गठबन्धनलाई परमादेशको पानीले जोडिदिए को छ, जुन सहजै छुटिने स्पष्ट छ ।’ गठबन्धनका नेताहरू स्वार्थका खेलाडी भएको उहाँकाे आरोप छ ।
एमाले सरकारले विगतमा निकै राम्रा काम गरेको जिकिर गर्दै अध्यक्ष ओलीले फेरि पनि मङ्सिर ४ गतेपछि एमालेको सरकार बन्ने दाबी गर्नुभयो । यस पटकको चुनाव देशलाई उज्यालो कि अँध्यारोतर्फ लैजाने भन्नका लागि महत्त्वपूर्ण रहेकाे भन्दै उहाँले भन्नुभयो, ‘एमाले सरकारले मात्रै देशमा समृद्धि ल्या उन सक्छ ।’
अध्यक्ष ओलीले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभ यो, ‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भन्ने जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सिमा नामा जानुस् न भन्नु भएछ’, उहाँले भन्नुभयो, ‘प्रच ण्डको सङ्गत गरेपछि उहाँले बन्दुकको भाषण गर्न थाल्नुभएछ ।
अध्यक्ष ओलीले २०४२ सालमा स्याङ्जाको जेलमा बसेको स्मरण गर्दै स्याङ्जाका दुवै क्षेत्रमा एमालले जित्ने जिकिर गर्नुभयो ।