
नेपालको राजनीतिक इतिहासमा आफ्नो बेग्लै पहि चान बनाउन सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’को अबको राजनीतिक यात्रा कस्तो रह्ला ? भनेर चौता री, क्याफेहरुमा चर्चा चलिरहेका बेला यो पंक्तिकार ले केही ज्योतिषीय अध्ययन गरेको छ । यस लेख मा त्रिमहापुरुष बुधादित्य योगवान् प्रचण्डको अब को राजनीतिक यात्राको विषयमा छोटो चर्चा गरिए को छ ।
नेपाली राजनीतिका सशक्त खेलाडी प्रचण्डको न्वा रनको नाम छविलाल हो । विसं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपो खरीमा जन्मेका पुष्पकमल दाहाल आमा भवानी र बुबा मुक्तिराम का जेठा सन्तान हुन् ।२०६५ साउन ३१ गते उनी पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् । २०५२ सालबाट सुरु भएको जनयुद्धको सर्वोच्च कमाण्डर बनेका प्रचण्ड हालसम्म पनि नेपाली रा जनीतिको केन्द्रविन्दुमा छन् ।
शनिश्चर चौथो घरमा केन्द्रवर्ती भएर उच्च राशिमा स्थापित भएर बनेको शश महापुरुष योग प्रचण्ड लाई क्रान्तिप्रति निरन्तर लाग्ने बनाएको योग हो । यो योगको कारणले गर्दा पनि उनी आफ्नो लक्ष्य बाट कहिल्यै विचलित भएका छैनन् । आफ्ना सह योद्धाहरुको विछोड र वियोग, पारिवारिक विचलन लगायतका अनेकौं घेराहरुले पनि प्रचण्डलाई प्रभा व पार्न नसक्नु पनि शश योगकै कारण हो ।
शुक्र केन्द्रवर्ती अनि स्वगृही भएर बनेको मालव्य महापुरुष योग पनि प्रचण्डको राजनीतिक सफल ताको प्रमुख कारक हो । शुक्रले भौतिक तथा राज्य सुख सुविधा प्रदान गर्दछ ।बुध स्वयं विद्या बुद्धिस्था नमा रहेको छ । ग्रहको फल ग्रहस्थान तथा अवस्था अनुसार हुने हुँदा बुद्धि त्यसैअनुसार रहने भयो । बु धको अन्तर बृहस्पतिको समयमा देवालयप्रति मति भ्रम गराएर पशुपतिनाथको सञ्चालन प्रक्रियाप्रति किञ्चित हस्तक्षेप हुनुपनि ग्रहकै प्रभाव हो ।
फेरि बृहस्पति ग्रहकै प्रत्यान्तरमा मंगलको समयमा राज्यसञ्चालन अत्यन्त कठिन बन्यो । मंगल स्वयं सेनास्वभावयुक्त ग्रह हो । प्रचण्डको कुण्डलीको रा ज्यस्थानको मालिक मंगल भएतापनि मृत्युस्थानमा रहेको कारणले तत् समयमा सत्तात्याग गर्नुपर्ने अव स्था सिर्जित भयो ।प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्दा १२औं स्थानका केतुले समझदारी र सम्झौता का आधारमा प्रधानमन्त्री बन्ने योग निर्माण गर्यो ।
केतु ग्रहको दशाको अन्तरमा शनिश्चर आउँदा शश योगकारक ग्रहको प्रभावले गर्दा राज्य नेतृत्वका लागि सहज बनायो । केतुको अन्तर दशामा शनि श्चर फेरि प्रत्यान्तरमा पनि शनिश्च रको समय रहँदा सम्झौताको प्रथम चरण नै प्रचण्डका लागि सहज बन्यो ।सोही समय योगिनी दशा सिद्धा र अन्तर्दशा मा भद्रिकाको अन्तर्दशाले पनि उनको मनोकांक्षा पूर्ण बनाउन सहज गरायो ।
योगिनी सिद्धा, अन्तर्दशामा भद्रिका र प्रत्यान्त रद शामा धान्य भएकोले पनि प्रचण्डलाई किञ्चि त् इमान्दार बनायो ।धान्य स्वयं बृहस्पतिसँग सम्बन्धि त योगिनीदशा भएकोले नै सहजताका साथ सत्ता हस्तान्तरण गरे । नेपालको राजनी तिमा यति सहजै पूर्वसम्झौता अनुरुप सत्ता हस्तान्तरण भएको साय दै पहिलो परिघटना हो ।
नेपालमा संघीय निर्वाचनको लागि मिति तोकिएको छ । २०७९ मंसिर ४ गते संघीय एवं प्रदेशसभाको निर्वाचन गर्ने भनेर दिन यकिन गरेसँगै नेपाली राज नीतिक वृत्तमा अबको प्रधानमन्त्री को बन्ला ? भने र बहस छेडिएको छ । हुन त राजनीति हल्लाको भरमा चल्ने कुरो पनि होइन तर पनि हल्लाले धेरै कुरो बोलेको हुन्छ ।नेपाली काँग्रेस, नेकपा माओ वादी केन्द्र, जसपा र नेकपा समाजवादी सहितका अन्य साना दलहरुको गठबन्धनले गर्दा पनि गठब न्धनको लागि विजय प्राप्ति असहज भने देखिदैन ।
कार्तिकको समयमा सूर्य र केतुको युतिले गर्दा गठ बन्धनभित्रका नेताहरुबीचको खिचातानीले गर्दा अन्तरपार्टी वा इतरपार्टीहरुका बीचमा कलह, अवि श्वास, धोका जस्ता विषय सिर्जित भई अहिले गरि एका भनिएका सम्झौताहरुको कार्यान्वयन हुन नस क्ने उत्तिकै सम्भावना छ ।
निर्वाचनको दिन मंसिर ४ गतेको ग्रहगोचर हेर्दा दे वगुरु बृहस्पति र न्यायद्रष्टा शनिश्चर आफ्नै घरमा बसेको कारणले गर्दा मतदातामा पूर्ववत् निर्वाचनझैं मतदानको मनशाय रहने अवस्था देखिदैन । परन्तु यिनै ग्रहको कारणले स्वतन्त्रहरु वा सुषुप्त पार्टीहरु जागरुक बन्ने उत्तिकै सम्भा वना देखिन्छ ।
हुन त आजसम्म गरिएका निर्वाचनहरुमा परा जित उम्मेदवारहरुले धाँधली भयो, निष्पक्षता भएन भनेर भनिरहेका हुन्छन् । कतिपय त अझै पुनःगणना र पुनःमतदानको माग समेत राखिर हेका हुन्छन् । यो मंसिर महिनाको ग्रहगोचरअनु सार सूर्य र मंगलको परस्पर दृष्टिले गर्दा निर्वाचनका प्रक्रियालाई लिएर निष्पक्षता भएन भन्ने धेरै आवाज आउन सक्ने प्रव ल सम्भावना देखिन्छ ।राजनीतिक दृष्टिले सम्भाव ना देखिए पनि ग्रहगोचर राम्रो भएन भने मानिसले हातमा पाएको पनि गुमाउँछ ।
प्रचण्डलगायत नेपाली नेताको जीवनमा समेत यस्ता अनेकौं संयोग देखापरेका छन् ।प्रचण्डको कुण्डलीमा विसं २०७९ कात्तिक–मंसिरमा राज्य स्थानमा शुक्र र शनिश्चरको लाभदृष्टि परेको देखिन्छ । शुक्र र शनिश्चर दुवै राज्यलाभ गराउने ग्रह भएका कारण, दुवै ग्रहको शुभदृष्टि देखिनु र उनै ग्रहको द शाअन्तरमा आउनुले प्रचण्डमा राज्यनेतृत्वको प्रब ल सम्भावना देखिन्छ ।
विचारणीय पक्ष के छ ? भने लग्नको मालिक चन्द्र माको १२औं घरमा केतुसँगको युतिले गर्दा ग्रहण योग परेको हुँदा प्रचण्डको मानसिकतामा चञ्चलता र छिट्टै विश्वस्त हुने ग्रहप्रभावका कारणले गर्दा रा ज्यसञ्चालनमा अत्यन्त चनाखो हुन आवश्यक छ ।प्रधानमन्त्रीमा चर्चा चलेका अन्य व्यक्तित्वहरूको विषयमा अधिक ज्योतिषीय अनुसन्धान गरे तापनि यहाँ कुनै चर्चा गर्न मनासिब लागेन ।
ज्योतिषीय विहंगम दृष्टिअनुसार वर्तमान समयमा नेपाली राजनीतिक पार्टीहरूले प्रधानमन्त्रीहरूमा चर्चा चलाएका चर्चित अनुहारहरूमध्ये प्रचण्डको कुण्डली सर्वाधिक प्रभावशाली देखिएको छ ।नेपा लको मंसिर महिनाको समय र प्रचण्डको कुण्डली को ग्रहगोचर अध्ययनले निजमा आध्यात्मिक चिन्त न किञ्चित् बढेको खण्डमा प्रचण्डलाई अबको स फल प्रधानमन्त्रीको रूपमा नेपालले प्राप्त गर्नेछ । अन्यथा भएम