
सानोमा बाबाले सुत्नुअघि आफै बच्चा बनेर सुनाउनु भएको कति त्यस्ता कथा वर्तमान र भविष्यका कहानी बने होलान्। मैले जिन्दगीको यथार्थ के बुझ्थें थाहा छैन तर ‘
छोरोले बाबु बुढो हुँदा डोकोमा बाबुलाई हालेर फाल्न लगेको’ कथा सुन्दा त्यो छोरोप्रति उठेको रिस सम्झिँदा मस्तिष्कले त्यति त अड्कल्न त्यति बेलै जानेको रहेछ भन्ने लाग्छ आज। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**
आमाले कथा सुनाउने हिस्सा आफ्नो भागमा कहिल्यै राख्नुभएन, यो सधैँ बाबाको भाग थियो। कथा सुनिसक्दा बन्द हुन आँटेका आँखाको अगाडि उभिएर सेलाउन लागेको दूध नसक्काई निदाउन नदिने आमाको नित्यकर्म थियो। **भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्**