
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परे को छ ।
उम्मेदवार लामिछानेले विदेशी देशको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो ।
उम्मेदवार लामिछानेको विरुद्धमा राजकुमार पा ण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
आज मङ्गलवार न्युज एजेन्सी नेपालसँगको कुरा कानीमा निर्वाचन आयोगका उपन्यायाधि वक्ता वाग्लेले उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानुनी व्यवस्थाअनुसार प्रतिनिधि
सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताउनुभयो । उहाँले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट
स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताउनुभयो । त्यस्तै उहाँले गृहमन्त्री बालकृष्ण खाणविरुद्ध परेको बहु विवाहको उजुरी तथ्यपरक
नदेखिएकाले तामेलीमा राख्ने गरी आयोगबाट निर्णय भएको बताउनुभयो । आचारसंहिता लागू गरेपछि आयोगमा अहिलेसम्म निर्वाचन आचा रसंहिता उल्लङ्घनका एक सय २१ वटा उजुरी परेका छन् ।
जसमध्ये ११ वटा उजुरी फस्र्याेट भइसकेका छन् भने एक सय १० वटा उजुरी फस्र्याेट गर्न बाँकी र हेका छन् ।