
भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थलनजिकै शक्ति शाली ब’म विस्फोट भएको छ । भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्ति ले बोकेको ब’म विस्फोट भएको हो ।
ब’म कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयका एसपी नवीनराज राईले जानकारी दिए ।
ब’म विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् ।
मोरङ ६ (१) सुन्दरहरैंचा ७ को गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले नेपाललाई पछि धकेल्नेहरूको एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्ने बताए । गठबन्धनले आर्थि क समृद्धि ल्याउने दाबी गर्दै उनले सुशासन पनि कायम गरिने बताए ।
देशभरी गठबन्धनको पक्षमा लहर आएको बताउँदै उनले गठबन्धन दशकौं पछिसम्म जान्छ । पूर्वाञ्चल विश्वविद्या लय को मेडिकल कलेज सञ्चालन गर्ने, गछियार बुढीखो लामा तटबन्धन निर्माणगर्ने, सुकुम्वासी समस्या समाधान गर्न लालपूर्जा बाँड्ने उनले बताए ।
डाक्टर शेखर कोइरालाले गिरिजाप्रसाद कोइरा लाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको बताउँदै प्रचण्डले आफ्नै ज्वाइँको प्रशंसा गर्दै युवा र गतिशील नेता रहेको बताए ।
फेरि प्रतिगमनको विरूद्द आन्दोलन गर्नु नपरोस् भन्दै उनले गठबन्धनलाई जिताउन अपिल पनि गरे ।