
नेपालको लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र ‘सक्कीगो नि ‘ मा आफ्नो गज्जबको अभिनय प्र स्तुत गरेर चौतर्फी तारिफ बटुलेकी अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेकी छिन ।उनले आफ्नी छोरी माहिरा ७ महिना पुगेको अबसरमा
तस्बिर सार्बजनिक गर्दै यस बारे जानकारी दिएकी हुन् ।यसअघि रक्षाले आफू आमा बनेको जानकारी कसैलाई दिएकी थिइनन् । यद्यपि सामाजिक संजा ल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो ।
उनी भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार हुन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् ।
एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभि नय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभि नय गरेकी छिन् ।
हाँस्य टलिश्रृङ्खला ‘भद्रगोल’ बाट उदाएकी रक्षा श्रेष्ठको सौन्दर्यमा पागल हुनेहरु धेरै छन् |धेरै म्यू जिक भिडियोमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् । उनी सामा जिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् ।
भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वा स्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन ।मलाई रुन ठूलो कारण चाहिँदैन,
त्यत्तिकै पनि आँशु आइहाल्छ’, उनी भन्छिन् ।यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अ भिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन ।
‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् ।फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई ।