
काठमाडौँ — भूमिहीन‚ अव्यवस्थित बसोबासी र सुकुम्बासीका घर र टहरा जबर्जस्ती हटाउन का लागि पटकपटक प्रकाशित भएको सूचना विरुद्ध बृहत् खबरदारी र्यालीसभा निकालिएको छ ।
निर्वाचन आएसँगै सुकुम्बासी बस्ती हटाउने अधिका रसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति को सूचनाविरुद्ध बिहीबार भूमिहीन र सुकुम्बासी स म्बद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा ‘मानव अधिकार सुनिश्चित गर’‚ ‘मानव बिनाको विकास दिगो विकास हुन्न’‚ ‘गरिब मार्न पाइँदैन’ लगायत नारा लगाइएको थियो ।
शहरी विकास मन्त्रालय मातहत रहेको उक्त समिति ले गत शुक्रबार वाग्मती नदी करिडोर क्षेत्रका घरटह रा भत्काउने अल्टिमेटम दिएको भन्दै उनीहरूले वि रोध प्रदर्शन गरेका हुन् ।
समितिले १० दिनभित्र वाग्मती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएपछि उनीहरूले आफूमाथि सरकारले अन्याय गरेको बताउँदै आन्दोलित भएका हुन् ।
समितिका कार्यकारी निर्देशक उद्धवकुमार तिम्सि नाले आफूहरुले पटक पटक सूचना गरेर घर टहरा हटाउन आग्रह गरेपनि सबै सरकारी निकायको सह योग र समन्वय नहुँदा हटाउन नसकिएको बताए ।
उनले भने,’ यो भन्दा अघि पनि दुई पटक सूचना जा री गरिएको हो । नियमित सूचना हो । ‘सधैं भरी न दी किनारमा बसेर नहुने बताउँदै उनले भूमि आयो गले पनि अव्यवस्थित बसोबासको समस्या हटाउन नसकेको जनाए ।
तिम्सिनाका अनुसार वाग्मतीको किनारमा अव्यव स्थित रुपमा ३४ सय ९६ वटा घरधुरी रहेका छन् ।