चर्चित गायक प्रकाश सपुत चढ्छन् आधा करोडको कार, २ लाखको मोबाइल, फेरियो लाइफस्टाइल ..,

काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दो होरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्र काश पराजुली र मीना बुढाथोकीको समूहले जिते  को छ ।शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा

कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पारेको हो । बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थान हात पारेको छ ।

उपाधिसँगै हात पारेसँगै प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बाल चन्द्र र शोभाको समूहले ट्रफी,

१० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ ।सविन आचार्य र रीता राव तको समूहले तृतीय स्थान हासिल गरेको छ । राजे न्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आ धारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भए को हो ।

राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ ।तृतीय र सान्त्वना समूहले क्रमश: तीन लाख र दुई लाख रु पैयाँ प्राप्त गरेका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको हातबाट पुरस्कार वितरण गरिए को थियो ।‘दोहोरी च्याम्पियन’को निर्णायकमा गाय क प्रजापति पराजुली,

गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि. जी. र गायक तथा गीतकार चन्द्र शर्मा थिए ।गायक बद्री पंगेनी र गायिका

प्रिती आलेले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै आएका थिए । नेपाल टेलिभिजनमा शनिबार राति ८ः५० बजेबाट कार्यक्रम प्रशारण हुँदै आएको थियो ।फिनालेमा छिटटै ‘दोहोरी च्याम्पियन’ सिजन २ सुरु हुने समेत घोषणा गरिएको छ ।