पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदा तालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौला लाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुढानिलकण्ठ नगरपालिका- ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई बुढानिलकण्ठ नगरपालिका- ६ का कर्मचारी बुद्ध लक्ष्मी तामाङको घरबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन् ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***