घोराही उपमहानगर प्रमुखको गाडी प्रहरीको नियन्त्रणमा

दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मौन अवधिमा स्रोत सा धनको दुरूपयोग गरी निर्वाचन प्रभावित पार्न खोजिएको आरोपसहित शनिबार घोराही-१७

का स्थानीयले मेयर चढ्ने रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका थिए। गाडीको हावा फालिदिएपछि गाडी स्थानीयले नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिए को सेतोपाटी लाई बताए।

‘हामीले पनि सरकारी गाडी प्रयोग भए/नभएको नियाल्ने गरेका छौं,’ उनले भने, ‘बिहान स्थानीयले मेयर चढ्ने गाडी नियन्त्रणमा लिएर हावा खुस्काइ दिएको खबरपछि प्रहरी पुगेर गाडी लिएर आएको हो।’

चुनाव प्रभावित पार्न उक्त गाडी प्रयोग भएको आरोप स्थानीयको छ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेक पा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा खड्का प्रति स्पर्धामा छन्। उनीहरू बीच कडा प्रतिस्पर्धा रहने अनुमान गरिएको छ।

यसअघि पनि नगर प्रमुख चौधरी निर्वाचन आचार संहिताको उल्लंघन गर्दै एमाले महासचिव पोखरेल को चुनावी प्रचारमा हिँडेको आरोप लाग्दै आएको थियो।

मेयर चौधरी लगातार दोस्रो कार्यकाल मेयरमा निर्वाचित भएका व्यक्ति हुन्। थारु गाउँमा उनको प्रभाव रहेको हुँदा निर्वाचन प्रभावित पार्न उनको गाडी प्रयोग भएको आरोप प्रतिपक्षी दलहरूको छ। यसबारे मेयर चौधरीको भने कुनैपनि प्रतिक्रिया आएको छैन।