
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको क्षेत्र नम्बर- ३ महाकाल पानी ट्याङ्की बाट मतदान गरेका छन् ।
चितवन – २ बाट उम्मेदवारी दिएका लामीछानेले काठमाडौंबाट मतदान गरेका हुन् । मतदान लगत्तै उनी चितवनतर्फ प्रस्थान गरेका छन ।
अन्य समाचार / काठमाडौं । मङ्सिर ४ गते प्रतिनि धिसभा र प्रदेशसभा चुनाव हुनै लाग्दा एमाले अध्य क्ष केपी ओलीले पत्नि राधिका शाक्यसँग सँगै भा न्सामा गएर तरकारी केलाइरहेको दृश्य सेयर गरेका छन् ।
ओलीले मौन अवधीमा सेयर गरेको उक्त तस्विरले चर्चा बटुलीरहेका बेला गायिका समीक्षा अधिका रीले उक्त तस्विरमा कमेन्ट गर्दै बा- आमा भन्दै स म्बोधन गरेकी छन् ।
ओलीले अफिसियल फेसबुक पेजमा पत्नी राधा सँग साग केलाउँदै गरेको एक तस्बिर सार्वजनिक गरेका छन् । उक्त तस्बिरमा थुप्रैले सकारात्मक र नकारात्मक कमेन्ट गरेका छन् । जसमा गायिका अधिकारीको कमेन्ट पनि देख्न सकिन्छ । उनले कमेन्टमा ओली दम्पतीको तस्बिरमा लव रियाक्ट गर्दै ‘लव यु मेरा बा-आमा ‘ भनेर लेखेकी छन् ।
मौन अवधी अघि देश दौडाहामा रहेका ओली यस अवधिमा मतदाता भेटघाट देखि प्रचारप्रसारसम्म का सबै कुरा बन्द भएपछि पत्नि राधिका शाक्यसँग सँगै भान्सामा गएर तरकारी केलाइरहेको दृश्य अहि ले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
सामाजिक संजाल मार्फत पनि उम्मेदवारहरुले मत दातासंग भोट माग्न नपाउने भन्दै निर्वाचन आयोग ले कडाई गरिरहेका बेला ओलीले भने पत्नि राधि का शाक्यलाई साग केलाउन सघाइरहेको तस्विर सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन्–‘धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासंग साग केलाउँदै ।’ त्यसअघि उनले सुर्य उदाएको तस्विर राख्ने देखि बिभिन्न क्रियाकलाप गरेका तस्विरहरु सामाजिक सञ्जालमा मार्फत सार्वजनीक गर्दै आएका छन् ।