गुल्मी–२ : गोकर्ण विष्ट विजयी, झाँक्री पराजित

काठमाडौं, मंसिर ७ । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।

यो पनि,,चितवन २ मा रबि लामिछानेको अग्रता शुरु चितवन २ को ताजा अपडेट प्राप्त भएको छ ।जस अनुसार कालिका १ मा ८७५ मत गन्दा कृष्णभक्त पोखरेल ११५, रवि लामिछाने ५४९ , उमेश श्रेष्ठ १४६ मत प्राप्त गरेका छन ।

यस अघि चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले कालिका नगरपालिकाको मत गणना सुरु गरेपछि आफुले अग्रता लिने बताएका थिए ।

इच्छाकामना गाउँपालिकाको मत गणना सकिँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका थिए । मतगणना स्थलमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले इच्छाकामना गाउँपालिकामा अपेक्षा गरेको भन्दा धेरै मत आएको बताएक थिए ।

उनले अब कालिका नगरपालिकाको मत गन्न सुरु भएपछि आफुले अग्रता लिने दाबी गरेक थिए ।

निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा सदस्यमा एमालेका सिंह अग्रस्थानमानागरिक उन्मुक्ति पार्टीका गीता चौधरीले एक हजार ६ सय ९९ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को हालसम्म १२ हजार एक सय ९८ मतगणना भएका छन् ।