रबि लामिछानेका समर्थक रातभरी सडकमा उत्रिएकाठमाण्डौंदेखि चितवन तात्यो, तेस्रो शक्ति बन्ने सम्भावना..,

काठमाडौं- देशभर राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चुनाव चिन्हमा अचम्मको ‘क्रेज’ देखिएको छ । त्यसमाथि चितवन–२ मा उक्त सभापति रवि लामिछानेमाथि देखिएको ‘क्रेज’ अचम्मको छ ।मतगणनाको सुरुमा निकै पहाडी परेका रवीले अहिले चमत्कार गरिरहेका छन् ।

उनको पछिल्लो अग्रता आश्चर्यलाग्दो छ । पहिले निकै पछाडी रहेका लामिछानेले एकाएक अग्रता लिँदै निकै अगाडी बढेका छन् ।मतगणना सहरी क्षेत्रमा प्रवेश गरेपछि लामिछानेलाई एकलौटी मत आइरहेको बताइएको छ ।

मंगलबार साँझ सम्म तेस्रोमा रहेका रवीले आश्चर्यमा पार्नेगरी अग्रता लिएका छन् ।मतगणनामा संलग्न एक कर्मचारीका अनुसार कालिका नगरपालिकाबाट उनको लागि मत आउन सुरू भए को थियो ।

त्यसपछि उनलाई लगातार निकै राम्रो भोट आइ रहेको छ । उनका अनुसार एकपटक लगातार १ हजार मत गन्दा घण्टीमा मात्रै ८ सय नब्बे मत आएको थियो ।

१६,७५६ मत गणना हुँदा रविले ६,६२४ मत ल्या एका छन् ।एमालेका कृष्णभक्त पोखरेलले ४,७५४ मत ल्याएका छन् । कांग्रेसका उमेश श्रेष्ठ ४,३१६ मतले अगाडि छन् ।

रवि दोस्रो स्थानका पोखरेलभन्दा १,८७० मतले अगाडि छन् ।काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।

राति १० बजेसम्मको मत गणनाअनुसार रविले ७,७९७ मत ल्याएका छन् ।उनलाई पछ्याइ रहेका एमालेका कृष्णभक्त पोखरेल ४,९५६ मत ल्याएका छन् ।

उनीहरूले ‘हिम्मत गर रवि दाइ, जनता तिम्रो साथ मा छ’, ‘सिंगो नेपाल के भन्छ– रवि दाइलाई ले भन्छ’, ‘रवि दाइ, हाई हाई,’ नारा लगाएका छन् ।

यता कागेश्वरी मनोहरा नगरपालिका-५ को राधा कृष्ण मन्दिर बाहिर ठूलो भीड छ ।तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन ।