
काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दि एका नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार नराम्रोसँग हारेका छन्। क्षेत्र नम्बर २ मा ओनसरी घर्ती, काठमाडौं- ७ मा मानुषी यमी भट्टराई, क्षेत्र नम्बर ९ मा कल्पना धमला र क्षेत्र नम्बर १० मा अञ्जना विशंखेले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका थिए।
यसबाहेक क्षेत्र नम्बर ३ मा माओवादीका बद्री ब जगाईंले उम्मेदवारी दिए पनि पार्टी निर्देशनपछि उनले उम्मेदवारी निस्क्रिय बनाएका थिए। यहाँ कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन्।
माओवादीले उम्मेदवारी दिएपछि क्षेत्र नम्बर १० मा कांग्रेस-माओवादी पनि मित्रवत् प्रतिस्पर्धा भएको थियो। यहाँ कांग्रेसका राजन केसी जिते। उनी क्षेत्र नम्बर १० बाट लगातार सांसद जितिरहेका छन्।
काठमाडौंमा उम्मेदवारी दिएका माओवादीका नेता हरूले यति कम मत ल्याए कि उनीहरू निकटतम् प्रतिस्पर्धी पनि बन्न सकेनन्। किनभने काठमाडौंमा उनीहरूको मत नै थिएन।
गएको स्थानीय तहको चुनावमा काठमाडौंका १० निर्वाचन क्षेत्रमा पर्ने सबै वडा गरेर माओवादीका उम्मेदवारहरूले जम्मा १६ हजार ७ सय ९१ मत मात्र ल्याएका थिए। यसरी कुनै
पनि निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा आउन सक्ने मत माओवादीसँग थिएन। माओवादी केन्द्रले काठमाडौं मा उम्मेदवार पाउनै पर्ने अडान
लिएपछि ३ क्षेत्रमा माओवादीका उम्मेदवार नै गठब न्धनका उम्मेदवार बने। अन्तिम चुनाव परिणाममा भने माओवादी उम्मेदवारको काठमाडौंमा फेरि एक पटक बिजोग भएको छ।
उदाहरणका लागि माओवादी केन्द्रले सत्ता गठब न्धनसँग अडान लिएर कठमाडौं-२ मा आफ्नो उम्मेदवार उठायो। जबकी त्यहाँ माओवादीले ३ हजार १ सय ३१ मत पाएको थियो।