झापा–५ एमाले अध्यक्ष ओली विजयी

७ मंसिर २०७९ झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ ।

निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओ लीले ५१ हजार छ सय १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्ध नबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याउनुभएको छ ।

अध्यक्ष ओली योसँगै छ पटक विजयी बन्नुभएको छ । यसअघि उहाँ विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसक्नुभएको हो ।

यो पनि,,काठमाडौंमा उठेका माओवादी उम्मेदवारको बिजोग काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार नराम्रोसँग हारेका छन्। क्षेत्र नम्बर २ मा ओनसरी घर्ती, काठमाडौं- ७ मा मानुषी यमी भट्टराई, क्षेत्र नम्बर ९ मा कल्पना धमला र क्षेत्र नम्बर १० मा अञ्जना विशंखेले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका थिए।

यसबाहेक क्षेत्र नम्बर ३ मा माओवादीका बद्री बजगाईंले उम्मेदवारी दिए पनि पार्टी निर्देशनपछि उनले उम्मेदवारी निस्क्रिय बनाएका थिए। यहाँ कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन्।

माओवादीले उम्मेदवारी दिएपछि क्षेत्र नम्बर १० मा कांग्रेस-माओवादी पनि मित्रवत् प्रतिस्पर्धा भएको थियो। यहाँ कांग्रेसका राजन केसी जिते। उनी क्षेत्र नम्बर १० बाट लगातार सांसद जितिरहेका छन्।

काठमाडौंमा उम्मेदवारी दिएका माओवादीका नेताहरूले यति कम मत ल्याए कि उनीहरू निकटतम् प्रतिस्पर्धी पनि बन्न सकेनन्। किनभने काठमाडौंमा उनीहरूको मत नै थिएन।

गएको स्थानीय तहको चुनावमा काठमाडौंका १० निर्वाचन क्षेत्रमा पर्ने सबै वडा गरेर माओवादीका उम्मेदवारहरूले जम्मा १६ हजार ७ सय ९१ मत मात्र ल्याएका थिए। यसरी कुनै

पनि निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा आउन सक्ने मत माओवादीसँग थिएन। माओवादी केन्द्रले काठमाडौंमा उम्मेदवार पाउनै पर्ने अडान

लिएपछि ३ क्षेत्रमा माओवादीका उम्मेदवार नै गठबन्धनका उम्मेदवार बने। अन्तिम चुनाव परिणाममा भने माओवादी उम्मेदवारको काठमाडौंमा फेरि एक पटक बिजोग भएको छ।

उदाहरणका लागि माओवादी केन्द्रले सत्ता गठबन्धनसँग अडान लिएर कठमाडौं-२ मा आफ्नो उम्मेदवार उठायो। जबकी त्यहाँ माओवादीले ३ हजार १ सय ३१ मत पाएको थियो।