गगनले घन्टीसँग मिलेर गठबन्धनलाई हराएको माओवादीको आरोप

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घन्टीसँग मिलेर गठबन्धनलाई हराएको आरोप लगाएका छन् ।

आज बिहान फेसबुकमा लेख्दै दिपशिखाले गगन र उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) सँग मिलेर गठबन्धनका सहयात्रीहरू लाई हराएको आरोप लगाएका हुन् ।

‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए–म कालो कांग्रेस हुँ ।

हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरुलाई मज्जाले हराउनुभयो,’ उनले भनेका छन्, ‘तपाईलाई आगामी यात्राको शुभकामना ।’

उनले अहिले आइरहेका परिणामलाई स्वीकार गर्ने पनि बताएका छन् । ‘हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो,’ उनले भनेका छन् ।