भ्रष्टचार गर्दिनँ, गर्नेलाई जेल हाल्छुः ज्ञानेन्द्र शाही {साथ दिनुहुन्छ भने शेयर गर्नुस}

जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञान बहादुर शाही ज्ञानेन्द्रले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभि यानमा जुट्ने बताएका छन् ।

उनले आफू भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दि नँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरे को छैन, उनले भने, अब उप्रान्त जुम्लामा कसैले भ्र ष्टचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु ।

निर्वाचित भएपछि जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शा हीले जुम्ली मतदाताले ठूलो आशा र भरोसाका सा थ दिएको मतलाई निराशामा परिणत हुन नदिने प्र तिबद्धता जनाए ।
शाहीले आफूले जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दुःख पीडा सुन्ने पनि बताए ।उनले जु म्लाका आवाजलाई बारम्बार दवाउने प्रयास भएको दाबी गर्दै त्यस्ता व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिने बताए ।

उनले आफूलाई कांग्रेस, एमाले, माओवादी र ए कीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्ने बताए । उनले भने, साझा एजेन्डा लिएर अघि बढौं, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौँ ।

यो पनि,,डडेलधुराका जनता भगवान् हुन्, कृपया गाली नगर्नुस्ः सागर ढकाल
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेलधुराबाट प्रतिनिधि

सभाको निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मे दवार सागर ढकालले डडेलधुरावासीलाई गाली न गर्न आग्रह गरेका छन् ।बिहीबार प्रेस विज्ञप्ति निका लेर ढकालले डडेलधुराका जनता भगवान् सरह रहे को र उनीहरूको कुनै गल्ती नरहेको बताएका छन् ।

उनले भनेका छन्–उहाँहरूको गल्ती केही पनि छैन । मेरो मत १३ हजारभन्दा बढी आएको छ जुन नि कै राम्रो हो । यसमा अहिले मैले सच्चिनु पर्ने मुख्य रूपमा नेता र प्रशासन देखेको छु । गगन वा प्रकाश मान सिंहले जत्तिको पनि

आचारसंहिता मानेको भए ढुक्क मेरो २५ हजार मत आउँथ्यो शेरबहादुरको १३ हजार मत पैसा र मौन अवधिमाभ्रमको बेजोड खुल्लमखुल्ला चल खेल भयो ।

बजारमा यसको असर त केही पनि भएन तर डाँडा का गाउँमा अन्तिमको भ्रम सागर गुल्मी गइसक्यो भन्ने पत्याइदिनु भयो । डाँडाडाँडामा ४ महिना लगा एर निकै दुःख गरेर दाँतबाट पसिना बगाएर बनाए को माहौल ५–७ दिनको हेलि कप्टर, पैसा र भ्रमले उडाइदियो ।

उनले गाउँका जनताको आर्थिक अवस्था कमजोर रहेका कारण पैसा बाढिएकाले पैसाको खोलो बगा उने नेताप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले गठबन्धन दल र प्रधानमन्त्री पदको खुलेआम नियम कानुनको धज्जी उडाउँदै पैसाको ओइरो ल गाएको आरोप लगाएका छन् । उनले आफूले पाए को मत निकै शक्तिशाली मत रहेको बताउँदै अब दुई चार दिने हेलिकप्टरको हावाहुरीले जनतालाई केही पनि नहल्लाउने गरी काम गर्ने प्रतिबद्धता ज नाएका छन् ।