
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिं हदरबारको अधिकार उल्ट्याउने
चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने ब ताउनुभएको छ ।गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उहाँले झण्डै ७५ वर्ष लामो
सङ्र्घषबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खो स्न नदिइने बताउनुभयो ।देश दुर्घटनातिर जाने हो की भन्ने आशङ्का यतिबेला सबैमा पैदा
भएको भन्दै अध्यक्ष दाहालले अब राजनीतिक नेतृ त्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आ एको बताउनुभयो ।
“राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सह न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।”
उहाँले निर्वाचन सफल भए पनि गठबन्धनमा अपे क्षा गरेअनुसार परिणाम नआएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु ।
सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगो पनका लागि नयाँ काम थाल्नेछु ।”अध्यक्ष दाहालले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताउनुभयो ।
“गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रुपमा लिएको छु”, उ हाँले भन्नुभयो, मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।”