स्पेन र जर्मनीको रोमाञ्चक खेल

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको छ । आइतबार राति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलासले सं कट टारेका हुन् ।

बरारबरीसँगै समूह इ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ । यस समूहमा जर्मनी को दुई खेलबाट सर्वाधिक ४ अंक छ । जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो ।

समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ ।यसअघि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ६२औ मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए । अब, अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन् ।

क्यानाडा कतार विश्वकपबाट बाहिरियो
क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमे रिकी टोली क्यानाडा समूह चरणको एक खेल अगा वै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ । आइतबार राति क्रोएसियाको जितमा आन्द्रेज क्रा मारिचले दुई गोल गरे ।

यसैगरी इभान पेरिसिच र जोसिप जुरानोभिचले एक एक गोल गरेका थिए । अल खालिफा रंगशा लामा अल्फोन्सो डेभिसले क्यानाडाको लागि अग्र ता दिलाएका थिए ।समूह ‘एफ’को खेलमा मोरक्को ले फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको बे ल्जियमलाई २–० ले हराएको थियो ।

समूह ‘ई’को खेलमा स्पेनसँग सात गोल खाएको कोस्टारिकाले जर्मनीलाई पराजित गरेको जापान माथि १–० को जित हासिल गर्याे ।समूह ‘एफ’मा क्रोएसिया र मोरक्को समान चार अंकका साथ नक आउट चरण प्रवेशको प्रतिस्पर्धामा अगाडि छन ।

बेल्जियम तीन अंकका साथ तेस्रो स्थानमा रहँदा क्यानाडाले अंकको खाता खोल्न सकेको छैन ।समूहको अन्तिम खेलमा क्यानाडाले मोरक्को तथा क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछन् ।

मोरक्कोसँग बेल्जियम २–० ले पराजित
विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलले पराजि त भएको छ ।

अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग बेल्जियम पराजि त भएको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

रोमाञ्चक खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हारबाट जोगिनसकेन ।निर्धारित ९० मिनेटसम्म लगातार सिर्जना गरेका मौकाको सदुपयोग गर्न नसक्दा बेल्जियम दुर्भा ग्यशाली साबित भयो । बेल्जियमले गरेका १० प्र हार मोरक्कोले विफल बनाएको थियो ।

इन्जुरी समयमा अगाडि बढेर आक्रामक बनेको बेल्जियमको रक्षापंक्ति खुकुलो भएको थियो । बेल्जियमको सोही कमजोरीको फाइदा उठाउँदै मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल गर्‍यो ।हाकिम जिचचले दायाँतर्फबाट दिएको क्रसमा श कारिया अब्दुखलाले सुन्दर गोल गर्दै मोरक्कोको जित दिलाए ।