सुरक्षा कवच बिनाका काठमाडौं नगर प्रहरी

काठमाडौँ — सोमबार दिउँसो थापाथलीस्थित सु कुम्बासी बस्तीमा डोजर लगाउन जाने क्रममा क रिब ३६ जना काठमाडौं महानगरका नगर प्रहरी घाइते भए । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे स हित नगर प्रहरी घाइते भएका थिए ।

३ जनालाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।समुदायमा आधरित नगर प्रहरीले नगर क्षेत्रभिका अवैध संरचना हटाउने, फुटपाथ व्यव स्थापन गर्ने, बजार व्यवस्थापन, पार्किङ व्यवस्था पनलगायतका कामहरु गर्दै आएको छ ।
फुटपाथ मिचेर बनाइएका संरचना हटाउन गएजस री नै बस्तीको अवैध संरचना हटाउने जाने क्रममा थापाथलीका सुकुम्बासीले प्रतिकार गरेपछि नगर प्रहरी घाइते भएका थिए ।

आत्मसुरक्षाका लागि बडी प्रोटेक्सन कवज, नी प्रोटेक्सन, हेल्मेट आवश्यक पर्छन् । तर महानगर को नगर प्रहरीले सुरक्षाकवज बिना बस्तीमा डोजर लगाउन खोजेपछि स्थानीयको प्रतिकारमा परेर ३ दर्जन घाइते भए ।

नगर प्रहरी प्रमुख पाण्डेले कान्तिपुरसित भने,‘ थापा थलीमा हामी आपराधिक तरिकाले गएको हैन । हा मी समुदायमा काम गर्ने प्रहरी हौं । समुादयसँग छ लफल गर्छौं, सम्झाउछौं, बुझाउँछौं अनि मात्रै अवैध संरचना हटाउँछौं । हामी संरचना हटाउनका लागि गएका थियौं, आक्रमणका लागि हैन ।’

संरचना हटाउन खोज्दा झडप भएका ठूला घटना नभोगेको काठमाडौं नगर प्रहरीले अबदेखि आत्म सुरक्षालाई पहिलो प्रथामिकता राख्ने उनले बताए ।

सुरक्षा कवज प्रयोग गरेर संरचनाहरु हटाउन जाने उनले बताए । सामान्य अवस्थामा सुरक्षा कवज चा हिने भएपनि महानगरको नगर प्रहरीबलसँग भने पर्याप्त मात्रामा छैन ।

‘आत्मसुरक्षा त गर्नुपर्ने भयो नि । हिजोको घटनाले धरापमा पार्ने गतिविधि देखियो,’ पाण्डेले भने,‘सचेत हुनुपरो नि हामी । मान्छेको ज्यान त बचाउनुपरो । ’

महानगरपालिकाले आउटसोर्सिङ गरेर करिब डेढ सय जना नगर प्रहरी भर्ना लिएको छ । निजी कम्प नीमार्फत आएका उनीहरु अधिकांश

भूतपर्व सेना र नेपाल प्रहरीका रहेका उनले बताए । ३ सय ३४ जना नगर प्रहरी रहेकोमा हाल ५० जना लाई मात्रै पुग्ने सुरक्षा कवज रहेको उनले बताए ।

महानगरले सबैलाई पुग्ने गरी सुरक्षा कवजका सामग्रीहरु खरिद गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।