हर्क साम्पाङ जस्तै रवी लामिछाने पनि खानेपानीको मुहानमा आफै गल र बेल्चा चलाउदै (भिडियो सहित)

काठमाडौँ ।राजनीतिमा अस्वभाविक उदय गरेका पू्र्व सञ्चारकर्मी रवि लामिछानेले सस्तो लोकप्रियताको लय तिर लम्किएका छन्। स्वतन्त्र उम्मेदवारी दिँदै धरान उपम हानगरपालिकाको मेयर पदमा निर्वाचित हर्क साम्पाङको पानी अभियान जस्तै आफ्ना निर्वाचन क्षेत्रमा लामि छाने सक्रिय देखिएका हुन्।

चितवनमा रहेका लामिछानेले प्रतिनिधि सभा सदस्यको शपथ नलिँदै त्यहाँका जनताका स–साना समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने कोशिश गरेका छन्। रामनगरबासीको पानीको समस्या समाधान गर्ने वाचादेखि चारकोसे झाँडी सरसफाईसम्ममा लामिछाने सहभागी भइरहेका छन्। चितवन क्षेत्र नम्बर २ बाट संसद चुनिए संगै रवी लामिछाने जनताको काममा उत्रिएका हुन् ।

चितवनको रामनगर , जुगेडी , देभघाट क्षेत्रमा खानेपानीको समस्या छ भनेर स्थानीयले गुनासो गरेपछि रवी लामिछानेले ४७ बर्ष पुरानो खाने पानीको मुहानलाई फेरी मर्मत गरेर उक्त पानि वितरण गर्ने योजना बनाएका छन्। भरतपुरको जुगेडी पुल भन्दा केहि माथि बनमा उक्त पानी को मूहानमा ट्यांकी २८ बर्ष अगाडी बाढीले बगाएर थुनिएको छ ।

सोहि मुहानमा नयाँ पाईप कनेक्सन गरेर जनता को घर घरमा वितरण गर्ने रवी लामिछानेले बता एका छन्। आजनै उनले आप्टारी र रामनगरको बिचमा रहेको खानेपानीको ट्यांकी पनि सफा गरेका छन्। थप हेर्नुहोस भिडियो मा । साम्पाङ पनि चुनाव जीत्नासाथ धरानमा पानीको समस्या समाधानका लागि आफैं श्रमदानमा सक्रिय भए का थिए।

त्यति मात्र नभएर मुख्य दलका नेतालाई समेत आफूले पानी ल्याउन गरेको श्रममा सहभागी गराउन साम्पाङ सफल भएका थिए। उनको अभियानमा हातेमालो गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान त पुगे नै साम्पाङको प्रशंशा गरी फर्किए। साम्पाङको सोही शैलीलाई अहिले लामिछानेले पछ्याएका छन्।

https://youtube.com/watch?v=yVvGaRVCdo8%3Ffeature%3Doembed

चुनावी अभियानमा मियाँ। पुष्पकमल दाहालले पैसाको बलमा चुनाव जिते भन्न खोज्नुभएको हो?पैसा कसले खर्च गर्‍यो मलाई थाहा छैन। तर‚ यस्ता दृश्य प्रशस्त देखिए।एमालेले पनि धेरै ठाउँमा चुनाव जितेको छ, त्यसलाई पनि पैसाको बलमा चुनाव जितेको भन्ने?

म त चुनावभरि गोरखामा थिएँ। दाबीको साथ भन्छु, मैले गोरखामा कहीं भतेर गराइनँ। एउटा पनि मत किनिनँ। कसैलाई अनैतिक रूपमा प्रभाव पार्ने काम गरिनँ। गोरखा क्षेत्र नम्बर २ भित्र कानूनी, नैतिक र एउटा नेताले जिम्मेवार भएर वहन गर्नुपर्ने भूमिका उल्लंघन गरिनँ।

गोरखा क्षेत्र नम्बर २ बाहेक अन्य ठाउँमा कहाँ के भयो, मलाई जानकारी छैन।आजको समयमा पनि म हुँदो रहेछ। कसैले कसैलाई पैसा बाँडेको देखाउन सकिने गरी प्रमाण त पाइएन। तर, अहिले पनि ग्रामीण भेगमा सबै किसिमका हतकन्डा प्रयोग गरिने रहेछ।

आमा समूह, युवा समूह र अन्य संगठनलाई सहयोग र अन्य बहानामा पैसा गएको सूचना पाएका थियौं। मतदानकै वेला पनि एक व्यक्तिले १७ पटकभन्दा बढी मत हाले। मृत्यु भइसकेका तथा विदेश तथा बाहिर भएका व्यक्तिको नाममा पनि मत हाले।

यस्ता विभिन्न हतकन्डा भए जुन निष्पक्ष चुनावमा हुनुहुन्नथ्यो।पुष्पकमल दाहाललाई हराउँछु भनेर चुनावमा होमिनुभएको थियो। तर‚ कुनै संगठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारभन्दा पनि पछि पर्नुभयो नि?
हामीले अपेक्षाकृत मत प्राप्त गर्न सकेनौं।

म जति ठाउँमा पुग्न सकें र जति मतदातालाई प्रत्यक्ष भेट्न सकें, त्यति मात्र भोट आएको महसूस भएको छ। अर्को कुरा, अहिले देशव्या पी स्वतन्त्र पार्टीको लयो मेरो राजनीतिक शुरूआत हो। मैले धेरै सिक्नुपर्ने रहेछ भन्ने अनुभूति भएको छ। ‘पोलिटिकल क्याम्पेन’ मा गर्नुपर्ने धेरै काम गर्न सकिनँ। यति हुँदाहुँदै पनि सात हजार ३९५ मत प्राप्त गरें।

गोरखामा सक्रिय राजनीति शुरू गर्न यो मत खुट्टा टेक्ने बलियो आधार भएको छ। योभन्दा अघि यहाँ मेरो कति प्रभाव हुन सक्छ भन्ने आकलन गर्न सक्दिनथें। अब यस्ता सबै प्रश्नको जवाफ र थप मैले के गर्नुपर्छ भन्ने कुराको भेउ पाउन थालेको छु। मैले गर्नुपर्ने धेरै छ भन्ने कुराको ज्ञान बढेको छ।

भोट चुनावमा पराजित भए पनि म गोरखाका लागि नै काम गर्छु। मैले घोषणापत्रमा उल्लेख गरे झैं उद्यमशीलताको विकास गर्ने र गोरखामा रोजगारी बढाउने योजनामा काम गर्छु। अब सरकार बने लगत्तै सक्रिय रूपमा ती काम गर्न थाल्नेछु।मैले चुनाव हारे पनि एमालेले चुनाव हारेको छैन। अर्को कुरा‚ व्यक्तिगत तरीकाले पनि काम गर्न सक्छु।

जस्तो कि, विभिन्न समाजसेवीले व्यक्तिगत रूपमै शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो काम गरेका छन्। म उनीहरूकै मोडलमा यहाँ उद्यमशीलताका लागि काम गर्नेछु। अबको ६ महीनामा हामीले कसरी काम गर्छौं भन्ने देखिन थाल्नेछ।गोर्खामा माओबादि बाहेक कसैले कहिले पनि चुनाब जित्दैन।।

https://youtube.com/watch?v=yVvGaRVCdo8%3Ffeature%3Doembed