नायिका उपासनाको भिडियो भाइरल , आर्यनले सकेन फकाउन भिडियो

फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘चार घण्टा हिंडेपछि’ बोलको गीतमा मेलिना राई र निशान भट्टराईले स्वर दिएका छन् ।गीतमा दिपक शर्माले शब्द र संगीत सृजना गरेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा नायक आर्यन सिग्देल र नायिका उपासनासिंह ठकुरी फिचर्ड छन् । फिल्मको गीतको भिडियो आकर्षक तरिकाले खिचिएको छ ।

प्रविन झाको निर्देशनमा तयार फिल्मलाई राम प्रसाद रिलिज र राज कुमार भट्टले निर्माण गरेका हुन् । पौष १५ गतेबाट प्रदर्शनमा आउने फिल्मको सोमबार प्रेसमिट गर्दै पहिलो गीत रिलिज गरिएको हो ।

https://youtube.com/watch?v=3lVGaKqvRRk%3Ffeature%3Doembed

यो पनि,,भालेश्वर मन्दिरमा अभिनेता सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे, बेहुला बन्दा यस्ता देखिए सलोन काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । ३ वर्ष देखीको प्रेम सक्बन्धलाई यो जोडीले बिहेमा परिणत गरेका हुन् ।

बिहेमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिने त्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए ।

बिहे अहिले पनि धुमधामका साथ चलिरहेको छ ।सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।

१२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो ।त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो ।

गत वर्षको भ्यालेनटाइनमा डेमा उनीहरुको आफुहरु प्रेममा रहेका कुरा बाहिर ल्याएकाा थिए । करिश्मा पेशाले एअर होस्टेस हुन् ।