रवि लामिछानेसँग मिलेर काग्रेस हराएको भन्दै गगन थपालाई कारबाही गर्ने देउवाको भित्री तयारी

काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा सदस्य मा बिजयी भएका नेपाली काग्रेसका महामन्त्री गग न थापाले अब पार्टी भित्र संसदीय दलको निर्वाचन मा प्रतिष्पर्धा गर्ने बताएका छन् । प्रधानमन्त्री बन्ने उ देश्यका साथ अघि बढेका थापालाई अबको समय झन कठिन हुने देखिएको छ ।

देशभरको सम्पुर्ण मत परिणाम नआउँदै काग्रेस म हामन्त्री थापालाई पार्टी भित्रैबाट गम्भिर आरोप ला गेको छ । मंसिर ४ गते भएको प्रति निधीसभाको निर्वाचनमा थापाले भखरै मात्रै खुलेको राष्ट्रिय स्व तन्त्र पार्टीसँग मिलेर काग्रेस हराएको आरोप उनी माथी लागेको छ ।

गगन थापाको क्षेत्रमा घण्टीले उम्मेदवार नउठाउनु , रवि लामिछानेले पार्टी खोल्नु अघि देखीकै गगन र रविको हिमचिम , चितवन २मा काग्रेसका उम्मेदवा र रहेका उमेश श्रेष्ठले पटक

पटक चुनावी सभाका सम्बोधन गर्न बोलाउँदा पनि गगन नगएको लगायतका कुुराले उनीहरुको साँठ गाँठा आधारहरु दिएको चर्चा काग्रेस भित्रमा चले को छ ।सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र का जिम्मेवार नेताहरुले त सार्वजनिक रुपमै गगन थापाले घण्टीसँग मिलेर माओवादी हराएको आरोप लगाइरहेका छन् ।

रवि र गगनको साँठगाँठको बिषय अब नेपाली काग्रेस भित्र पनि प्रवेश गरेको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले चितवन २ बाट निर्वाचित भए लगत्तै पात्र फेरिएर प्रधानमन्त्री बनाए सरकारमा सहभागी हुने अभिव्यक्ति दिए पछि रवि गगन साँठगाँठमा थप बल पुगेको छ ।

गगनको कुरा रविको मुखबाट भनाइएको शंका काग्रेस नेताहरुले गरेका छन् ।काग्रेस सभापती शेरबहादुर देउवा निकटका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले गगन थापा र रवि लामिछानेको साँठगाँठको बिषय अब पार्टी भित्र उठ्ने बताए ।

महामन्त्री गगन थापाले चित्त बुझ्दो किसिमले यस को प्रष्टिकरण दिन नसके उनको बाँकी राजनितीक जीवन राम्रो नहुने पनि बस्नेतले बताएका छन् ।सबै घटनाक्रम हेर्दा रवि र गगन विच साँठगाँठ देखिने थु प्रै आधारहरु देखिएको

भन्दै बस्नेतले यो कुरा पार्टीमा उठ्ने र गगन थापाले स्पष्टिकरण दिनु पर्ने बताए । प्रधानमन्त्री बन्ने त पर को कुरा यो कुरा प्रष्ट पार्न नसके गगनको राजनिती नै अप्ठेरोमा पर्ने उनले बताएका छन् ।

एक टेलिभिजन कार्यक्रममा केन्द्रिय सदस्य बस्नेत ले गगन थापाले आफु जस्तो स्मार्ट अरु कोहि छैन जस्तो पारा देखाएको आरोप लगाएका छन् ।

अहिले गगन थापा काग्रेस संसदीय दलको नेता बन्ने र प्रधानमन्त्री बन्ने कुनै सम्भावना नभएको भन्दै उन ले गगनको व्यक्ति केन्द्रित राजनिती पार्टीकै लागी घातक रहेको बस्नेतले भनेका छन् ।

यता काग्रेस महामन्त्री गगन थापाले भने आफु मा थी लागेको आरोप बारे बोल्दै कुनै पार्टीनै बनाइदिन सक्ने क्षमता आफुमा रहेको भए त म त खतरै मा न्छे हुँनी भन्दै जवाफ दिएका छन् ।

थापाले आफु माथी लागेको आरोप अस्विकार गर्दै त्यसो भए सभापती देउवाको क्षेत्रमा चाँही घण्टीको उम्मेदवार किन उठेन रुभनेर प्रश्न गरेका छन् ।

काग्रेस संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने दाउमा रहेका गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी का सभापती रवि लामिछानेसँग मिलेर गठबन्धन लाई घात गरेको आरोपमा कारबाही गर्ने सम्मको तयारीमा देउवा रहेको बताएको छ । त्यसो त गगन थापालाई उनको समूह शेखर समूहका कसैले पनि प्रधामन्त्रीमा समर्थन गरेका छैनन् ।