शंकास्पद वस्तु भेटिएपछि गोकुल बास्कोटाको घर पुग्यो सेनाको टोली

१८ मंसिर, भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्को टाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला प रेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरै मात्रै आइपुगेको छ ।यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न

प्रहरीले रोक लगाएको छ ।जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि घटनास्थल वरपरको क्षेत्र नेपाल प्रह रीले नियन्त्रणमा लिएर नेपाली सेनाको बम

डिस्पोजल टोलीलाई बोलाएको जानकारी दिए । ‘शंकास्पद वस्तु देखिएपछि हामी रिस्क लिंदैनौं, आर्मीको डिस्पोजल टोलीलाई आइपुगेको छ,

अब डिस्पोज उसैले गर्छ,’ एसपी केसीले अनलाइन खबरसँग भने ।आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रह रीलाई खबर गरेका थिए ।

यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुन मा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।अहिले बास्कोटा लोकन्थलीस्थित घरमा छैनन् ।

उनी काभ्रेस्थित घरमा रहेको उनको सचिवालयले जनाएको छ । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन ।