
काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल यति बेला चर्चाको शिखरमा छिन । मेयर बालेन्द्र शाहको चर्चा हुँदै गर्दा एकाएक डंगोलको पनि चर्चा शुरु भ एको छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र बाट मेयरमा उम्मेदवारी दिने घोषणा गरेक्वे डंगोल पछि एमालेमा प्रवेश गरेर उपमेयरमा उम्मेदवारी दिएकी थिइन ।
लोकप्रिय मत ल्याएर बिजय भएकी डंगोल अर्का स्वतन्त्र मेयर बालेन शाहको अगाडि त्यति चर्चित नभएपनी उनको माहोल अरु उम्मेदवार भन्दा निकै उत्साहजनक थियो ।चमत्कारिक रुपमा मेयरमा बा लेन शाह र उपमेयरमा सुनिता डंगोलले चुनाव जिते पछि दुबै जनाको निकै चर्चा भैरहेको छ ।
काठमाडौं बासीले पार्टी भन्दा युवाहरु रोजेको भनेर सहजै आँकलन गर्न सकिन्छ ।यदि पार्टी हेरेको भए सुनिताले चुनाव जित्ने तर एमालेका केशव स्थापित ले चुनाव हार्नु पर्ने थिएन । यो पटक युवाहरुलाई नै अवसर दिएको बुझिन्छ ।चुनावपछि बालेनको निकै चर्चा भयो तर उपमेयर कता कता हराएक्क जस्तो महोल खडा भएको थियो ।
उनले एउटा अन्तर्वार्तामा बरु एमाले परित्याग गर्ने तर बालेनलाई साथ दिने भनेदेखी उनको चर्चा फेरि शुरु हुन थालेको हो ।उपमेयर सुनिता डंगोलले पद भार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् ।
मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरु वात गरेका १० योजनाको उल्लेख गरिएको छ ।पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाइ भएकोे र ५१ वटा विवादको किनारा लगाएको उनले सार्व जनिक गरेको श्वेतपत्रमा उल्लेख छ ।
वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयारलाई पनि उनले उल्लेख गरेकी छन् ।सय दिन मा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहे को र महानगरवासीसँग प्रत्यक्ष
अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै उनले त्यसले काठमाडौँवासी सँगसँगै रहेर महानगरका समस्याकाबारेमा साक्षा त्कार हुने अवसर प्राप्तभएको बताएकी छन् ।फोहो र व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरे को कुरालाई पनि श्वेतपत्रमा उल्लेख गरेकी उनले भनेकी छन् ,
‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्र को अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगा यतका काम भएका छन् ।
पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरे डाँडामा अल्पकालिनफोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।
श्वेतपत्रको पूर्णपाठ
पदभार ग्रहणका १ सय दिन र मेरो श्वेतपत्र –सुनिता डंगोल,उपप्रमुख, काठमाडौंम हानग रपालिका नेपालको सबैभन्दा ठूलो र पूरानो महानगर काठमाडौँ महानगरपालिकाको उपप्रमुख मा निर्वाचित भएर कार्यभार सम्हालेको १ सयदिन पूरा भएको छ ।
सर्वप्रथम, लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै को स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिका यी १ सय दिनमा काठमाडौँ महानगर वासीबाट प्राप्त साथ, सहयोग, समर्थन र सकारा त्मक सुझावलाई अन्तरात्मादेखि नै स्वीकार गर्न चाहन्छु र सबैलाई हार्दिक धन्यवाद पनि दिन चा हन्छु ।
मैले गरेको, मेरा कारणले भएको र म भएकाले मात्रै भएको हो भन्ने आत्मकेन्द्रित चिन्तनबाट प्रेरित भई आत्मपरक हुने कुरामा म पटक्कै विश्वास गर्दिनँ । काठमाडौँ महानगरपालिकाको विकास र समृद्धि हामी सबैको साझा सपना हो । यहाँको विकास र समृद्धिमा राजनीतिक लेप लगाएर एक–अर्काप्रति दोषारोपण गर्ने कुरा किमार्थ उचितहोइन र हुँदैन पनि ।
त्यसैले यहाँको विकास र समृद्धिमा सबैको हातेमा लो आवश्यक हुन्छ । हामीले १ सय दिनमा के गर्याैँ भनेर फेहरिस्त सार्वजनिक गर्नु भन्दापनिहामीले जिम्मेवारी सम्हालेपछि काठमाडौँ महानगरवासीले के–कति फरक अनुभूति गरे त्यो महत्वपूर्ण हो ।