
काठमाडौं । नवनिर्वाचित सांसद डा. तोसिमा का र्कीले राजीनामा दिनु भएको छ । उहाँले नेपाल मे डिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दि नु भएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजीना मा दिनुभयो ।
डा. कार्की गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा ललितपुर–३ बाट निर्वा चित हुनु भएको छ ।तर, काउन्सिल को सदस्य प दबाट राजीनामा नदिँई उम्मेदवार बनेको भन्दै उजु री परेको थियो । निर्वाचन आयोगले उहँको उम्मेद वारी खारेज पनि गरेको थियो ।
तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँ दै तोसिमाको उम्मेदवारी कायम रहने आदेश जारी गर्यो । काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधि कारीले डा. कार्कीको राजीनामाबारे पुष्टि गर्नुभएको छ ।कार्कीले आइतबार काउन्सिलमा पुगेर राजीना मा दिनु भएको हो ।
अधिकारीका अनुसार आइतबार उहाँको राजीनामा पत्र पुगेको छ । सो पत्रलाई स्वास्थ्य मन्त्रालयमा प ठाइएको छ ।काठमाडौँ क्षेत्र नम्बर २ बाट भारी मत ले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम देशव्यापी रुपमा चर्चामा रहेकी छिन् ।
काग्रेस माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत हराएर सानदार चुनाव जिते पछि सोविताको चर्चा चुलिएको हो ।सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेकी ओनसरी घर्ती दोस्रो पनि हुन सकिनन् उनी चौथौ भइन् ।
सभामुख समेत भइसकेकोे र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधा नमन्त्री समेत हुन सक्ने भनेर ओनसरीको बिज्ञापन गरे पनि काठमाडौँ २ का जनताले भोट दिएनन् उ नी नमज्जासँग पराजित भइन् ।
काठमाडौँ २ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमा लेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उ म्मेदवार मणिराम फुयाल पनि सोवि ताको अघि टिक्क सकेनन् पराजित भए । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो ।जम्मा २७ बर्षकी सोबिताले सबैको घण्टी बजाइन ।
सांसद फेरिरहने काठमाडौँ २ ले ५ बर्षका लागी सो बितालाई आफ्नो जनप्रतिनिधीको रुपमा चुनेको छ । प्रत्यक्ष तर्फ निकै कम मात्रै महिला निर्वाचित भइर हेको अवस्थामा रास्वपाबाट मात्रै दुई जना महिला हरु प्रत्यक्ष निर्वाचित भएका छन् ।काठमाडौँ २ बाट सोबिता गौतम र ललितपुर ३ बाट डा तोसिमा का र्की भारी मतले निर्वाचित भएका छन् । पेसाले सो बिता वकिल हुन् भने तोसिमा डाक्टर ।
२७५ सदस्यीय प्रतिनिधी सभामा सोबिता सबैभन्दा कान्छी सांसद भएकी छिन् ।सम्भवत २७ बर्षको उ मेरमा प्रत्यक्ष निर्वाचित हुने महिलामा आज सम्मकै रेकर्ड उनले बनाएकी छिन् । तर्कपुर्ण र आकर्षक वाककलाका कारण पनि उनको चर्चा धेरै भएको छ ।
सानै उमेरमा माननीय बन्न सफल सोबिताले लामो राजनितीक यात्रा तय गर्ने निधो गरेकी छिन् ।राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ की जाँदैन यकिन भएको छैन। पार्टी सरकारमा गएमा र मौका पाएमा कानुन मन्त्रालय या संचार मन्त्रालय हाक्ने सक्ने उनले बताएकी छिन् ।
पेसाले वकिल भएको र लामो समय संचारकर्म मा पनि रहेका कारण संचारमन्त्री बने पनी राम्रो काम गर्न सक्ने उनले बताएकी छिन् ।सोबिता को सपना को आकार अलि लामै छ । कुनै दिन नेपालको पहि लो महिला प्रधानमन्त्री बन्ने सपना समेत उनले बना एकी छिन् ।
एक टेलिभिजन कार्यक्रममा राजनितीक भविश्य बारे सोधिएको एक प्रश्नको जवाफ दिँदै सोबिताले भनेकी छिन् के थाहा एक दिन यो देशको पहिलो महिला प्रधानमन्त्री पो बन्छु की ! अहिले सम्म को हि बनेको छैन क्यारे !नेपाल टेलिभिजनको एक अ न्तवार्ताका क्रममा सोबिताले आफ्नो पारिवारिक राजनितिक /
पृष्ठभूमि, भावी योजना लगायतका बिषयमा खुलेर कुराकानी गरेकी थिइन् । दोलखाको जफे जामुनेमा जन्मिएर काठमाडौँ आएर गरेको संघर्ष र सफलता को कथा उनले सेयर गरेकी थिइन् ।कुनै समय नेपा ल टेलिभिजनमै कार्यक्रम प्रस्तोताको रुपमा काम गर्ने सोबिता माननीय सांसदको हैैसियतमा एनटिभी मै अन्तवार्ता दिन पाउनु आफैँमा गौरवुर्णक्षण थियो ।
उनले उक्त अन्तवार्तामा सबै बिषयमा खुलेर जवाफ दिएकी थिइन् । कार्यक्रमको अन्तिम तिर प्रस्तोताले उनलाई प्रश्न गरे -लभ परेको छ की छैन ?अविवाहित सोविताले केहि केहिक्षण रोकिँदै सहज जवाफ दिइन् -‘लभ.. परेको छ, । उक्त अन्तवार्ता को क्लिप अहिले टिकटकमा भाइरल भएको छ । कान्छी माननियको चर्चा यत्रतत्र सर्वत्र चलिरहेको छ ।