प्रचण्डले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव भित्र -भित्रै गरेको खुलाशा…

मंसिर ४ गते भएको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको सम्पुर्ण मत परिणाम आएको छ । समानुपातिक तर्फको मत परिणाम पनि अन्तिम तिर पुगेको छ । मत परिणाम अन्तिम तिर पुगेसँगै सरकार गठनको खेलोमेलो सुरु भएको छ ।

नेपाली कागे्रेसका सभापती शेरबहादुर देउवा लाई सर्वोच्च अदालतको परमादेशबाट प्रधानम न्त्री बनाउन एक भएका दलहरु फेरी पनि एक भएर जान्छन् की जाँदैनन् भन्ने कुरा बढो चासो का साथ हेरिएको छ।

सबैभन्दा चासो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले के गर्लान् भन्नेमा देखिएको छ ।प्रचण्डको पहिलो प्रयास अहिलेकै गठबन्धनबाट प्रधान मन्त्री बन्ने भन्ने देखिएको छ ।

काग्रेसले प्रधानमन्त्री बनाउन तयार नभएको अवस्थामा एमालेसँग मिलेर भए पनि प्रधान मन्त्री बन्ने खेलमा उनी देखिन्छन् तर एमाले पनि त्यत्ति सजिलै प्रचण्डलाई प्रधानमन्त्री दिने मनसा यमा देखिएको छैन ।

अबको चासो काग्रेसले पनि र एमालेले पनि प्रधानमन्त्रीका समर्थन नगरेको अवस्थामा प्रचण्डले के गर्लान् भन्नेमा देखिएको छ । आफु प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भए पछि कसलाई प्रधानमन्त्रीमा समर्थन गरेर माओवादी केन्द्र सरकारमा जाला या प्रतिपक्षमा बस्ला भन्ने चर्चा राजनितीक बृतमा चलेको छ ।

आफु प्रधानमन्त्री बन्न नपाएको अवस्थामा काग्रेस या एमाले भन्दा बाहेकको दललाई पनि प्रचण्डले प्रधानमन्त्री प्रस्ताव गर्न सक्लान्त ? यो बिषयको पनि चर्चा सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाल्न सक्ने कदमको विभिन्न विकल्पहरु मध्ये राजेन्द्र लिंदेनलाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्ने विकल्प पनि हुन सक्ने विषय चर्चामा आएको छ।

प्रचण्डले के के विकल्पमा खेल्न सक्छन् भन्ने बिषयमा राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले पाँच विकल्पको चर्चा गरेका छन् । पाँचवटा विकल्प मध्ये एउटा राप्रपालाई प्रधानमन्त्रीको प्रस्ताव गर्न सक्ने पनि दाबी गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले माओवादीको नयाँ सरकार गठनका विषयमा पाँच विकल्प हुन सक्ने उल्लेख गरेका छन् ।

पाँच विकल्पमा सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्ने, सरकारको नेतृत्वमा आफैँ अघि बढ्ने, राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने,

कांग्रेस, एमालेबाहेक अरु जो कोहीलाई समर्थन गर्ने र प्रतिपक्षमा बस्ने रहेको प्रवक्ता श्रेष्ठ अनु मान लगाउँछन् ।राप्रपाका प्रवक्ता श्रेष्ठले आफ्नो सामाजिक संजालमा यस्तो लखेका छन्

माओवादीले सबै विकल्प खुल्ला राख्ने भएछ, यसको अर्थ- १) सरकार बनाउन कांग्रेस वा एमालेसंग मिल्ने । २) सरकारको नेतृत्वमा आफै अघि बढ्ने । ३) राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने ।

४) कांग्रेस, एमाले बाहेक अरु जो कोहीलाई समर्थन गर्ने । ५) प्रतिपक्षमा बस्ने । यी बाहेक अरु केही विकल्प होला र ?