दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

मनाङेलाई आज साेमवार एकीकृत समाजवा दीका अध्य क्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो ।

पार्टी प्रवेशपछि विज्ञप्ति निकालेर मनाङेले आफ्नो उद्देश्यसँग एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभएको छ ।

यो पनि,,पल शाहको फ्यानहरुले न्यायको लागि ज्यान दिन्छौ भन्दै गरे रक्तदान.., काठमाडौं । हाल थुनामा रहेका अभिनेता पल शाहको जेलमा नै ब्इस्त दैनिकी सुरु भएको छ । नाबालिकामाथि ब लात्का रको मुद्दामा थुनामा रहेका उनलाई भेट्न हिजोआज फिल्म कर्मीहरु पनि कामकै सल्लाहका लागि जाने गरेका छन् ।

आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगे । पलले कुराकानीका क्रममा कारा गारभित्रै रहेर तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको बताएका छन् ।

तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौ न दु रुप योगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको

जेल सजाय पाइसकेका पलले नवलपुर जिल्ला अदाल तको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेका बेला यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म

‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत किरणले बताए ।कारागारभित्रै जिम लगायतका शारीरिक व्यायाम गर्दै आएका पललाई अहिले नै ‘हात्तीछाप’ ,

‘२ नम्बरी’ जस्ता फिल्महरुको अफरले पल थप उत्साहित बनेका छन् ।