कुनैदिन मेस्सी र रोनाल्डोको तस्बिर कोठाभरि सजाउने एमबाप्पे यसरी बने स्टार

एजेन्सी । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले आइतबार कतारमा भएको खेलमा डिफेन्डिङ च्या म्पियन फ्रान्सलाई जीत दिलाउँदै दोस्रो पटक विश्व कपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् ।

एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्याण्डलाई ३–१ ले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटरफा इनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ ।

२३ वर्षीय र एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्वकपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ ।

“म विश्वकपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोल कर्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गो ल्डेन बुटबारे सोचिरहेको छैन,” पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डले भने ।

उनले भने, “मेरो एकमात्र उद्देश्य विश्वकप जित्नु हो । अहिले क्वार्टरफाइनल सबैभन्दा महत्वपूर्ण कुरा हो । यो एक मात्र चीज हो जसले मेरो विश्वकप जि त्ने सपना साकार पार्न सक्नेछ ।

म यहाँ विश्वकप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरु केही होइन ।”एम बाप्पेले आइ तबारसम्म आफूले सञ्चारमाध्य मसँग कुरा नगर्नु को कारण पनि स्पष्ट पारेका छन् ।

उनले भने, “पत्रकारप्रति मेरो व्यक्तिगत कुनै आप त्ति छैन । मैले फुटबल र प्रतियोगितामा मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ ।

म कुनै कुरामा ध्यान केन्द्रित गर्नका लागि अपनाउ ने तरिका मात्र हो ।”उनले भने, “म यो प्रतियोगिता का लागि तयार हुन चाहन्थें र अहिलेसम्म सबै कुरा राम्रो भइरहेको छ ।

तर हामी अझै पनि हाम्रो लक्ष्यबाट धेरै टाढा छौं र अब हामीले क्वार्टरफाइनलमा ध्यान केन्द्रित गर्नु पर्दछ ।“क्वाटरफाइनलमा पुग्न पाउँदा हामी निकै खुसी छौं ।

पोल्याण्डको विरूद्धमा खेल्नु एक कठिन क्षण थियो ।हामीले कडा टोलीसँग खेल्यौं र खेलको समयमा महत्वपूर्ण समयमा गोल गर्न सफल भयौं । यद्यपि, अझैपनि हामीले राम्रो खेल्न सकेनौं, हामीले जित्यौं र हामी खुसी छौं ।