
सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर श्री मान् प्रहरी कार्यालय पुगेका छन्।मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्री मती मिना आले मगरको हत्या गरी टाउको लिएर प्र हरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।
प्लास्टिकमा श्रीमतीको टाउको बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।उनलाई प्रहरी कार्याल य जाँदै गर्दा पन्चपुरी २ पलैंटेबाट पक्राउ गरेको इप्र का इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जा नकारी दिए।
अमरबहादुर एक वर्ष पहिले वैदेशिक रोजगारी बाट फर्किएका हुन्।आफूले विदेशमा कमाएको पैसा श्री मतीले हिनामिना गरेका कारण हत्या गरेको अमरब हादुरले प्रहरीलाई बताएका छन्।
उनले घरमै श्रीमतीको घाँटीमा धारिलो हतियार प्रहार गरी छिनाएका थिए।प्रहरीले टाउको बाहे कको शव घरमै फेला पारेको जनाएको छ।
यो पनि,,अब नेपालमा २० वर्ष पुगेर विवाह गर्ने किशोरी ले १० हजार पाउने कालीकोटको खाँडा चक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ।वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।
बालविवाहविरुद्धको साझा अभियान काली कोट का संयोजक खडानन्द अधिकारीको वडालाई बा लविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णय ले केही हदसम्म कम गर्ने बताए।
‘बालविवाह गर्ने चलन निकै रहेको ठाउँमा वडाले पुरस्कार दिँदा न्यूनीकरण हुन्छ भन्ने उद्देश्य राखेको छ,’ उनले भने, ‘
उमेर नपुगी विवाह गर्ने चलन अन्त्य गर्नका लागि यो अभियानलाई जिल्लाभर लैजान जरुरी रहेको छ।’
दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिला लाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए।
‘हामीले उमेर पुगेर विवाह गर्ने किशोरीलाई पुरस्कार दिने निर्णय गरेका छौं,’ उनले भने, ‘यसले बालविवा ह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने वि श्वास लिएका छौँ।’
विशेषगरी विद्यालयस्तरमा र बालविवाहबारे चेतना जगाउने खालका कार्यक्रमलाई विशेष रूपमा नगर पालिकाले अगाडि बढाएको नगरपा लिका उपप्रमु ख गणेशबहादुर शाहीले बताए।‘
अहिले उमेर पुगेपछि विवाह गर्ने किशोरीलाई एउटा वडामा मात्रै पुरस्कार दिने निर्णय गरेका छौँ।’
उनले भने, ‘आगामी दिनमा नगरपालिका सबै वडामा यो कार्यक्रम लागू गर्ने योजना रहेको छ।’