
काठमाडौं – संघीयता र प्रदेश संरचनाबारे राष्ट्रिय प्र जातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको विचार लगभग मिल्दोजुल्दो देखिन्छ । दुवैले प्रदेश संरच नालाई यथास्थितिमा राख्न नहुने बताउँदै आएका छन् ।मंसिर ४ को चुनावको मुखमा नयाँ पार्टी खो ल्नुअघि रवि लामिछाने राप्रपामा जाने चर्चासमेत चलेको थियो ।
यसक्रममा राप्रपा नेताहरुसँग उनको केही चरणमा वार्तासमेत भएको राप्रपा नेताहरु बताउँछन् । तर, लामिछानेले अन्ततः आफ्नै पार्टी मात्र खोलेनन्, नि र्वाचनमा राप्रपाको भन्दा ठूलो दल बनाएर देखाइदि ए ।रविले बेग्लै पार्टी नखोलेको भए राप्रपाको समा नुपातिक भोट बढ्ने र राप्रपा अझै ठूलो पार्टी बन्ने सम्भावना रहेको सो पार्टीका नेताहरु बताउँछन् ।
रविको पार्टीले राप्रपालाई घाटा लगाएको उनीहरु को विश्लेषण छ ।आखिर रवि लामिछाने र राजेन्द्र लिङ्देनबीचको राजनीतिक भिन्नता चाहिँ कहाँनेर रहेछ त ? रवि लामिछानेको नजरमा राप्रपा कस्तो पार्टी हो ?
यसबारे रास्वपाको चुनावी घोषणापत्रमा ‘विभिन्न पार्टीहरूप्रतिको धारणा’ उपशीर्षक हेरे पुग्छ । रवि को दस्ताबेजमा राप्रपा र राजेन्द्र लिङ्देनमा थि क डा टिप्पणी गरिएको छ । राप्रपा र यसका अध्यक्ष लिङ्देनबारे रास्वपाको लाइन यस्तो छ-‘पदीय भाग बण्डा नमिल्दा राप्रपा फेरि फुटेको अवस्था छ ।
विचार एकातिर र तालमेल अर्कोतिरको अव स्था राप्रपामा पनि उस्तै छ । राप्रपाका अध्यक्ष जो अन्य पार्टीहरूका नेतालाई सार्वजनिक रूपमा चोर करार गर्थे, उनै अध्यक्ष चुनाव जित्नका लागि तिनै नेतासँ ग तालमेल गर्न पुगेका छन् ।
त्यस्तै आफ्नो पार्टीले खारेज नै गर्ने भनेको प्रदेशस भामा सबैभन्दा बढी उम्मेदवार उठाउने पार्टी बनेको छ ।प्रदेश खारेजीको मुद्दा राखेर प्रदेशमा उम्मेदवार उठाउनुले मात्रै होइन, राष्ट्रिय राजनीतिमा अस्तित्व जोगाउनकै लागि अर्को
पार्टीसँग अस्वभाविक तालमेल गर्नुले यो पार्टीमा पनि अवसरवादी र सम्झौतापरस्त चिन्तन हाबी भएको देखिन्छ ।’कांग्रेस, एमाले र माओवादी बारे रविको विश्लेषणत्यसो त मानिसहरुले
राष्ट्रिय स्वतन्त्र पार्टीको विचार र राजनीतिक लाइन के हो भनेर प्रश्न उठाइरहेका छन् ।तर, सो पार्टीको घोषणापत्र ले नै यसको केही मात्रामा जवाफ दिए को देखिन्छ । लामिछानेको पार्टीले चुनावअघि सा र्वजनिक गरेको दस्ताबेजमा
कांग्रेस, एमाले, एकीकृत समाजवादी र माओ वादीबारे यस्तो टिप्पणी गरिएको छ-‘नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी : अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिहरूका लागि यिनै दल तथा
यी दलहरूमा रहेका नेतृत्वहरूको सहभागिता, अगुवाइ र संघर्षबाट प्राप्त भएका हुन् । यसका लागि यी दलहरू धन्यवादका पात्र हुन् । –यही कारणले पनि यी दलहरूलाई एकै समूहमा राख्नु उत्तम हुन्छ ।
त्यसका अतिरिक्त फरक-फरक सिद्धान्त र वादहरू पछ्याउने भनिए पनि व्यवहारतः कुनै पनि दल अ र्को दलभन्दा फरक देखिँदैनन् पनि । कार्य, गतिवि धि, संरचना, कार्यकर्ता, नेता कसैलाई पनि अलग-अलग राखेर हेर्दा एकबाट अर्को छुट्याउनै सकिँदैन ।
लोकतान्त्रिक भनिए पनि यी दलहरूमा व्यव हारतः पार्टीभित्र वा सत्ता सञ्चालनमा त्यो पुष्टि भएको दे खिँदैन । पार्टीसत्तामा सीमित शीर्षने ताहरूको निय न्त्रण रहेकाले कार्यकर्ताको आधिकारिकता, राजनै तिक पदहरूमा बहाली र टिकट वितरण लोकता न्त्रिक बन्न सकेको छैन ।
पुरानो राजनीतिक पारा र प्रवृत्तिविरुद्ध लागेका वा लाग्न चाहेकाहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबा हेक अन्य भरपर्दो विकल्प छैन । यसैले निर्वाचन अगाडि वा पछाडि यो समूहका राम्रा व्यक्तिहरू रा ष्ट्रिय स्वतन्त्र पार्टीमा समेटिनेछन् ।’