कोचका कारण विश्वकप जित्ने रोनाल्डोको सपना खरानी , रुदै बाहिरीए मैदानबाट

फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइ नलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनल मा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेस नमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउ न्टर अट्याकमा पटक पटक समस्या दियो । पोस्ट मा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन ने सरीको गोलमा सुरुवाती अग्रता पनि बनायो ।

पोर्चुगलले लगत्तै खेल बराबरी गर्ने अवसर पाएपनि क्रसबार बाधक बन्यो ।दोस्रो हाफको सुरुवातमै मो रक्को अग्रता दोब्बर पार्ने संघारमा पुगेको थियो । तर त्यसलाई सदुपयोग गर्न नसकेपछि पोर्चुगलले आक्रामक परिवर्तन गर्ने क्रममा क्रिस्टियानो रोना ल्डो र जोआओ क्यान्सेलोलाई मैदान प्रवेश गरायो ।

त्यसपछि लगातार आक्रमण बुनेको पोर्चुगल गो लरक्षक बोनोलाई बिट गर्न भने सफल भएन ।खेलको ४२ औं मिनेटमा मोरक्कोले सुरुवाती अग्रता बनाएको थियो । युसुफ एन नेसरीले हे डरमार्फत गोल गर्दै मोरक्कोलाई अघि बढाए । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडर मार्फत गोल गरेका थिए ।

गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डिया सभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए ।लगत्तै अर्कोतर्फ पोर्चुगल बराबरी गोलनजिक पुगेको थियो । तर क्रसबार त्यसको अघि बाधक बन्यो । ब्रुनो फर्नान्डेसले दायाँ विंगबाट गरेको शक्तिशाली प्रहारमा गोलरक्षक यासिन बोनो बिट भएका थिए ।

तर उक्त प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।८३ औं मिनेटमा गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोना ल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्र को ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाए ।

उनले आफ्नो दायाँतर्फ डाइभ दिँदै बललाई बाहिर पठाएका थिए ।इन्ज्युरी समयको पहिलो मिनेटमा बोनोले रोनाल्डोको प्रहारमा गरेको पहिलो बचाउ फुस्काएपनि दोस्रो प्रयासमा रिबाउन्डलाई सुरक्षित राखे । इन्ज्युरी समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछिको रातो कार्ड खाँदै बाहिरीए ।

उनले एक मिनेटको अन्तरमा दोस्रो फल गरेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए ।यस जि तसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्या ण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ । चौथो क्वाटरफाइनल आज मध्यरात १२:४५ बजे हुनेछ ।

अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भि ड्नेछन् ।मोरोक्को पहिलो पटक विश्वकपको सेमि फाइनलमा प्रवेश गरेको हो । यसअघि मोरोक्कोले ३६ वर्षअघि विश्वकपको प्रिक्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टर फाइनलसम्म पुग्न सफल भएको थियो ।

आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यस यता, मोरोक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन ।

सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरो क्को समूह चरणबाटै बाहिरिएको इतिहास छ । तर कतारमा जारी विश्वकपमा मोरोक्कोले ऐतिहासिक सफलता पाइरहेको छ ।